बन्दीपुरमा अब केबलकार

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 4 years ago
  • समाचार

दमौली । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण चिनिएको पुरानो सांस्कृतिक गाउँ बन्दीपुरमा केबलकार सेवासमेत सुरु हुने भएको छ। झन्डै आठ वर्षअघि लाइसेन्स लिएको बन्दीपुर केबलकार कम्पनीले यही असारबाट काम थाल्दै छ। कम्पनीले ५५ करोड लागतमा १६ सय मिटर दूरीको केबलकार सुरु गर्ने केबलकारको निर्माण होल्डिङ कम्पनी आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। सोही कम्पनीले कास्कीको सराङकोटमा समेत केबलकार निर्माण गर्दै छ।

 

प्राकृतिक हिसाबले बन्दीपुरमा आउने ठूलो संख्याका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ केबलकार स्थापना गर्न लागिएको शर्माले बताए। ‘बन्दीपुरमा आउने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दो छ’, उनले भने, ‘उनीहरूलाई केबलकार अर्को आकर्षण बन्न सक्छ।’ मनोरञ्जनका लागि खर्च गर्नेको संख्या बढ्दै गएको भन्दै उनले केबलकारबाट देखिने हिमाल र बन्दीपुरको सांस्कृतिक सम्पदाको दृश्यावलोकन फरक स्वाद हुने बताए। ‘राजमार्गबाट नजिकै भए पनि यसले दिने आनन्द बेग्लै छ,’ उनले भने।

 

पृथ्वीराजमार्गको डुम्रेबाट बन्दीपुरे उकाली हुँदै केबलकार बन्दीपुरको चुचुरोसम्म पुग्नेछ। डीपीआर सबै सकिएको केबलकार निर्माणका लागि स्थानीयको समेत लगानी भित्र्याउने गरी काम भइरहेको अर्का लगानीकर्ता धर्मराज भण्डारीले बताए। कम्पनी लिमिटेडका रूपमा बन्दीपुर केबलकार लिमिटेड कम्पनीले स्थानीयको समेत लगानीमा निर्माण उनले बताए। स्थानीयलाई ३० प्रतिशतसम्म सेयर दिने तयारी कम्पनीको छ। आजको अन्नपूर्ण पोस्ट्बाट

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टर्कीमा पुनः भूकम्पको धक्का महसुस

  • 2 minutes ago
टर्कीमा  पुनः भूकम्पको धक्का महसुस

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप

  • 10 minutes ago
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्

गण्डकी प्रदेशसभाको बैठक बस्दै

  • 40 minutes ago
गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।