केवल व्यवसायीको २४ घण्टे अल्टिमेटम

Norvic Hospital

काठमाडौँ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विभिन्न माग राख्दै आएको महासंघका पदाधिकारीहरुले आज सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाललाई अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

 

ज्ञापनपत्रमा विद्युत प्राधिकरणले पोल भाडामा गरेको वृद्धि फिर्ता लिनुपर्ने माग गरिएको छ । अन्यथा सरकारलाई तालाचाबी सुम्पिने चेतावनी महासंघले दिएको छ । साथै, सरकारसँग अनुमति नलिइ कार्यक्रम प्रसारण गरिरहेका विभिन्न प्लेटफर्महरुमा रोक लगाउन माग गरिएको छ ।

 

महासंघले कानूनविपरीत संचालन भएका कार्यक्रमहरू बन्द गर्न पहिले निवेदन दिएको स्मरण गराउँदै त्यसबारे जवाफ मागेको छ । ज्ञापनपत्र बुझाउदै केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले विद्यमान कानून कार्यान्वयन गराउन माग गरिएको बताए ।

 

नेपाल विद्युत प्राधिकरणले प्रतिवर्ष २५० रुपैयाँ पोल भाडा लिँदै आएकोमा एकैचोटि ३५० प्रतिशत वृद्धि गरेपछि केवल तथा इन्टरनेट व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 11 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 12 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 25 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।