तनहुँमा जन्मदिनको केक खाँदा १२ जना बिरामी

  • आइतबार, २ कार्तिक, २०७७
  • 1 week ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै  १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

 

बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 

केक खाएपछि झाडपखाला र  बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

  • 2 minutes ago
गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।

कञ्चनपुरमा २ जनाको शव फेला

  • 37 minutes ago
कञ्चनपुरमा २ जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान २ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर

कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

  • 48 minutes ago
कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।