क्यान इन्फोटेक २०२२ स्थगित
- बुधबार, २८ पुष, २०७८
- 7 months ago
- प्रबिधि

काठमाडौँ। माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक २०२२ स्थगित गरिएको छ। काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरुमा व्यापक रुपमा फैलिएको संक्रमण, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, गृह मन्त्रालय एवं काठमाडौँ उपत्यकाअन्तर्गतका जिल्ला प्रशासन कार्यालयलगायत कोभिड नियन्त्रणसम्बन्धी सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको हो।
क्यान महासंघका महासचिव नारायण थापाले मंगलबार एक सूचना जारी गर्दै क्यान इन्फोटेक २०२२ हाललाई स्थगित भएको जानकारी दिएका हुन्। क्यान इन्फोटेक तयारीको क्रममा सहयोग पुर्याउने सबलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै क्यान इन्फोटेक स्थगितका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमासमेत मागेको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति क्यानले सन् १९९५ देखि वर्सेनि क्यान इन्फोटेक आयोजना गर्दै आएको छ। २७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सहप्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधिसम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पूर्ण तयारी पूरा गरिएको महासंघले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।