क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • मंगलबार, ६ असोज, २०७७
  • 1 month ago
  • खेल

चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

 

क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताए । देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उनले जानकारी दिए । उन्नाइस जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन् । बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताए ।

 

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 7 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 12 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 31 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।