क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

ओट्टावा, ओन्टारियो । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । 

 

क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताए । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ । 

 

यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चार माध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायी रुपमा कर छुट दिइएको छ । 

 

गैर–नाफामूलक सञ्चार संस्थाहरुले पनि यो कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ । 

 

संसदमा सम्बोधन गर्दै अर्थमन्त्री मोर्निउले भने, “हाम्रो लोकतन्त्र र समुदायमा स्वतन्त्र सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ र राज्यले त्यसको संरक्षण गर्नु पर्दछ । यही धारणाका आधारमा क्यानडाको पत्रकारितालाई मद्दत गर्ने सोच अघि सारिएको हो ।” 

 

टोरन्टो स्टारका मालिक एवं टार्सटार कर्पोरेशनका अध्यक्ष जोन होन्डेरिकले सरकारको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताए । 

 

विगत १० वर्षको अवधिमा क्यानडामा २५० भन्दा बढी अखबारहरु बन्द भइसकेका छन् भने सन् २०१२ यता अखबारको आम्दानीमा ४० प्रतिशतको हाराहारीमा कमी आएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  • 10 minutes ago
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 22 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 42 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।