क्यान्सरसँग जुधिरहेकी विन्दु कुँवरलाई सहयोग

  • सोमबार, २३ बैशाख, २०७६
  • 1 year ago
  • नेपाल
प्रतिकात्मक फोटो

नेपालगञ्ज । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । 

 

विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कुँवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गरेका हुन् । 

 

सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको रु ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गरेका थिए । कुँवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताए ।

 

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकी कुँवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराइरहेकी छिन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

  • 3 minutes ago
सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

एजेन्सी । बलिउड अभिनेत्री ऋतिक रोशनकी पुर्व पत्नी सुज्यान खानको इन्टाग्राम एकाउन्ट ह्याक भएको खबर बाहिर आएको छ । यसको जानकारी स्वयम सुज्यान खानले नै गरेकी हुन् ।

पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

  • 33 minutes ago
पोखरामा थप दुई जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप दुई जनालाई कोरोना संक्रमण भएको छ । फेवासिटी अस्पतालका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्छ सचेत हुनुः गृहमन्त्रालय

  • 38 minutes ago
चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्छ सचेत हुनुः गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा त



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।