विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ । यसकारण त्यहाँको जनवीवन प्रभावित भएको छ । यसले इन्डोनेशियामा राजधानी परिवर्तन गर्दै बोर्नियो द्वीपलाई नयाँ राजधानी बनाउनका लागि विचारधीन बनाएको छ । यसै सन्दर्भमा विश्वका ५ देशहरुबारे चर्चा गरौं ती देशहरुले राजधानी परिवर्तन गरेका छन् । 

 

१. कजाखस्तान 

जब सन् १९९१ मा कजाखस्तान सोभियत संघबाट अलग भयो तब यसको राजधानी अलमाती शहर थियो । भूकम्पको कारणले पछि यस देशको राजधानी सन् १९९७ मा अस्ताना (पहिलेको अकमोला) बनाइयो । 

 

२. नाइजेरिया 

सन् २०१४ मा लागोस नाइजेरियाको राजधानी थियो । सन् १९६० मा अंग्रेजहरुसँग स्वतन्त्रता प्राप्त भयो । यसका साथै सन् १९९१ डिसेम्बर १२ मा आधिकारीक रुपमा अबुजालाई नाइजेरियाको नयाँ राजधानी घोषणा गरियो । 

 

३. म्यानमार 

पहिले बर्माको नामबाट परिचित म्यान्मारको अहिलेको राजधानी नैप्यीदा हो । यसभन्दा पहिले सन् १९४८ देखि २००५ सम्म यांगुन (रंगुन) राजधानी थियो । 

 

४. बोलिभिया

संवैधानिक रुपमा बोलिभियाको राजधानी सुक्रे हो तर सरकारी परिसर ला पाजमा रहेको छ । सन् १८९९ सम्म संसद देखि लिएर सबै कार्यालयहरु सुक्रेमा नै रहेको थियो । तर गृहयुद्धपछि सबै सरकारी कार्यालयहरु ला पाजमा सारियो । यद्यपी न्यायपालिका अहिले पनि सुक्रेमा नै रहेको छ । 

 

५. ब्राजील

करीब २०० वर्षसम्म रियो डी जेनेरो ब्राजीलको राजधानी थियो तर सन् १९६० मा ब्राजीलियालाई नयाँ राजधानी बनाइयो । यसको कारण रियो डी जेनेरो एकदमै भिडभाडरहित शहर हो र यहाँ सरकारी भवन पनि एकदमै टाढा थियो । यसको अलवा यहाँ ट्राफिकको समस्या पनि एकदमै रहन्थ्यो । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘सरला’मा नाजिर र अनुको अभिनय

  • 22 seconds ago
‘सरला’मा नाजिर र अनुको अभिनय

काठमाडौँ । प्रलाद शाहको शब्द, निशान भट्टराईको स्वर तथा सुवास भुषालको संगीत रहेको गीत ‘सरला’को भिडियो सार्वजनिक भएको छ ।

युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

  • 3 minutes ago
युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

लण्डन । संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बेलायतको खोप स्वीकृति प्रक्रियाको आलोचनाप्रति माफी मागेका छन।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

  • 17 minutes ago
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।