कोरोना सर्न नदिन यसरी गरौं मोबाइलको सफाई

Global IME
Norvic Hospital
प्रतिकात्मक तस्बिर

काठमाडौं । मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् ।

 

अनेक प्रकारका कीटाणु र भाइरस हातमा मात्र नभएर सतहमा पनि घन्टौँसम्म रहन्छन् । यसकारण अहिलेको अवस्थामा हामीले प्रयोग गर्ने मोबाइलमा पनि कोरोना रहन सक्छन् । यद्यपि, भाइरसमुक्त मोबाइल बनाउन भने सकिन्छ । यसका लागि यसरी मोबाइललाई सफा राख्नुपर्छः

 

मोबाइल सफा गर्न चस्मा पुछ्ने किसिमको माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्नुपर्छ । कपडामा हल्का साबुनपानी राख्ने र त्यसलाई ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । अन्य कुनै प्रकारको ‘लिक्विड वास’ प्रयोग गर्नु उचित हुँदैन । 

 

सुरुमा मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल ‘स्विच अफ’ पनि गर्न सकिन्छ । 

 

त्यसपछि, माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । जस्तै, चस्मा पुछ्ने कपडामा हल्का साबुनपानी राख्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । यसबाट मोबाइलको सतहमा रहेका कीटाणु र ओसिलोपन हट्छ । यसबाहेक, अन्य कुनै लिक्विड वास प्रयोग गर्नु उचित हुँदैन ।  

 

मोबाइलको अघिल्लो र पछिल्लो भागमा ध्यानपूर्वक सफा गर्नुपर्छ । तर, मोबाइलका चार्जिङ पोर्ट, इयरफोनको पोर्ट तथा अन्य पोर्टबाट भने सजग रहनुपर्छ । यस्ता पोर्ट ओसिलो पार्नु हानिकारक हुन्छ । 

 

आइफोन प्रयोगकर्ताका लागि ७० प्रतिशत अल्कोहलको मात्रा भएको ‘आइसोप्रोपिल अल्कोहल वाइप्स’ प्रयोग गर्न मिल्ने एप्पल कम्पनीले सुझाएको छ ।  यस्ता ‘वाइप्स’ कम्प्युटर पसल तथा अनलाइनमा पनि पाउन सकिन्छ ।

 

साथै, मोबाइलको कभरमा पनि ‘इयर बर्ड’ले कुनाकप्चामा सफा गर्नुपर्ने हुन्छ । 

 

खाना खाँदा, ‘ट्वाइलेट’ जाँदा मोबाइलको प्रयोग गर्न बन्द गर्नुपर्छ । यसमा संक्रमणको कमी घट्छ, जुन हाम्रै स्वास्थका लागि आवश्यक छ । यसका साथै, मोबाइल चलाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ ।

नयाँपत्रिका


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।