गुफामा फसेका बालकको उद्धार जारी, उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै
- शुक्रबार, २२ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

बैंकक । थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ ।
उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत चार दिनदेखि निकै खटिएका छन् । तर उनीरुलाई बाहिर निकाल्न सकेका छैनन् ।
गुफामा घुम्न गएका उनीहरु फसेको नौ दिनपछि सकुशल रहेको पाइएको थियो । उनीहरु आजका मितिसम्म नै स्वस्थ रहेको समाचारहरु आइरहँदा उद्धारको काम भने झनै जोखिमपूर्ण रहेको पाइएको छ ।
करिब दुई साताअघिदेखि यो उद्धारको काम थालिएको हो । त्यसमा स्वदेशी र विदेशी गोताखोरहरु सक्रिय रुपमा लागेका सरकारले जनाएको छ ।
बालकहरु र उनीहरूका प्रशिक्षक उक्त गुफाभित्र च्यापिएर रहेका छन् । उनीहरुलाई खानेकुरा भने बाहिरबाटै दिइएको छ ।
उक्त प्रयासमा थाइल्याण्डको नौसेनाका गोताखोर, सैनिक र अरु उद्धारकर्मीहरूसहित करिब एक हजार जना जति खटिइरहेका थाइ सरकारले जानकारी दिएको छ ।
उद्धारमा खटिएका गोताखोरको मृत्यु
यसैबीच शुक्रबार बिहान प्राप्त एक समाचारमा उक्त उद्धारको काममा खटिएका नौसेनाका एकजना गोताखोरको ज्यान गएको बताइएको छ ।
शुक्रबार बिहान सो गुफाभित्र छिरेका उनी त्यहाँबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गुफामा फसेका व्यक्तिहरूलाई खानेकुरा पु¥याएर फर्किनेक्रममा उनको मृत्यु भएको हो ।
अधिकारीहरुले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय उनको गुफाबाट बाहिर फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव भएकोले मृत्यु भएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 3 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 20 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 44 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।