आपराधिक गतिविधिलाई रोकथामका लागि सीसी क्यामरा जडान गरिने

  • मंगलबार, २४ बैशाख, २०७६
  • 1 year ago
  • नेपाल

पोखरा । आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सीसी क्यामरा जडान गरिने भएको छ । सीसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सीसी क्यामरा जडान भइसकेका छन् ।

 

शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त ठाउँमा सीसी क्यामरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सो सहमति भएको हो । प्रारम्भिक चरणमा रु ३३ लाखको लागतमा पोखरा–२६ को विजयपुरदेखि कोत्रेसम्म र तालचौकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, अर्रधौचोकदेखि रिठ्ठेपानी, तल्लो गगनगौँडादेखि राजाको चौतारा र राजमार्ग क्षेत्रसमेत गरी ३१  सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

 

सो अवसरमा प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले सीसी क्यामरा जडान भएपछि आपराधिक मानसिकता कमजोर हुनुका साथै यसको नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस अवधारणलाई साकार पार्न सरोकार निकायबीच सहकार्य गरी प्राविधिक पक्षको सम्बन्धमा गहन छलफल आवश्यक रहेको सुझाव दिए ।

 

सीसी क्यामरा जडान समितिका संयोजक मोती गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानलाई सफल बनाउन विभिन्न सङ्घ–संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

  • 1 hour ago
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १६ जना मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८८८ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका १ हजार ५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन

नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।