३२ जिशिकाद्वारा मनपरी बजेट निकासा
- आइतबार, ३ आषाढ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । तत्कालीन जिल्ला शिक्षा कार्यालय काठमाडौं लगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५५औं वार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलव भत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपियाँ बढी निकासा गरेको पाइएको छ ।
काठमाडौं, बारा समेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलव भत्ताबापत १ करोड ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ । पर्सा र बैतडीलगायत ८ जिल्ला शिक्षा कार्यालयले निःशुल्क पाठ्यपुस्तकतर्पm जनक शिक्षा सामग्री केन्द्रको दर तथा भर्ना विद्यार्थी संख्याभन्दा ६८ लाख ५८ हजार बढी निकासा दिएका छन् ।
कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा ११ र १२ मा अध्ययनरत ती जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तक, सेवा निवृत भएका शिक्षकलाई बढी निकासा दिएका छन् ।
जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले लक्षित समूहका विद्यार्थीका लागि पाठ्यपुस्तक व्यवस्थापन गर्न प्रतिविद्यालय ५० हजारका दरले निकासा दिनुपर्नेमा ५ माध्यमिक विद्यालयलाई ११ लाख बढी निकासा दिएको भेटिएको छ । शिक्षा विभागबाट निकासा भएको रकम हचुवामा बाँडेर आर्थिक अनियमितता गरेको देखिन्छ । आजको नेपाल समाचारपत्रबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 3 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 58 minutes ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- 1 hour ago

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।