सेनामा समावेशी पदपूर्ति हुनै समस्या

Global IME
Norvic Hospital

काठमाडौँ । नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन। समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।

 

पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासीरजनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्न नसकेको बताउनुभयो। 

 

उहाँले भन्नुभयो, कतिपय समावेशी समूहअन्तर्गत कुनै पनि आवेदन नपर्ने गरेको छ भने कतिपय पदहरूमा मागे जति आवेदन परे पनि अन्तिम नतिजामा समावेशीतर्फका उम्मेदवार कम हुँदा ती कोटामा खुलातर्फबाट पदपूर्ति गर्ने गरिएको छ।’’ लोकसेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षामा नै समावेशीतर्फको कोटामा कम उम्मेदवार उत्तीर्ण हुने गरेको उहाँले बताउनुभयो।

 

नेपाली सेनाले समावेशीसहितको पहिलो विज्ञापन २०६८ वैशाख २० गते गरेको थियो। अधिकृत क्याडेट, लेखा अधिकृत, पाइलट अधिकृत र विभिन्न ट्रेडका प्राविधिक अधिकृत, सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदका लागि सो विज्ञापन गरेको थियो। त्यसयता अहिलेसम्म ४२ पटक समावेशी कोटासहितको विज्ञापन गरिसकेको प्रवक्ता सिलवालले जानकारी दिनुभयो।

 

सैनिक सेवा नियमावली, २०६९ मा गरिएको व्यवस्थाअनुसार खुला प्रतियोगिताद्वारा गरिने पदपूर्ति पदहरूको पैँतालीस प्रतिशत पदसङ्ख्या समावेशीकरणका लागि छुट्याइन्छ। सो सङ्ख्यालाई शतप्रतिशत मानी महिला, आदिवासीरजनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रका उम्मेदवारहरूबीच क्रमशः बीस, बत्तीस, अठाइस, पन्ध्र र पाँच प्रतिशत छुट्याएर ती समूहरसमुदायका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराउने प्रावधान छ। गाेरखापत्र


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 12 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।