सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

फाइल फाेटाे

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका थिए । 

 

तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङग गरी आवतजावत सहज बनाउने र चाँडो भन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति गत जेठ २८ गते नगरपालिका र स्थानीयवासीबीच भएको थियो ।

 

सहमतिअनुसार सडक निर्माणमा विलम्ब गरिएको भन्दै आक्रोशित युवाले आज बिहान सवारी आवागमन ठप्प पार्दै आन्दोलन उत्रिएको थियो । सहमतिअनुसार सडक निर्माण गर्न ढिला भएको स्वीकार्दै नगरपालिकाले सडकको खाल्डा पुर्ने, हिलो सोहोर्ने काम सुरु गरेपछि सवारी आवागमन खुल्ला गरिएको स्थानीयवासी पवोल बज्राचार्यले जानकारी दिए ।

 

वैशाख महिनादेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलिबाट साँखु जाने सडकखण्ड अझै कालोपत्र नभएको भन्दै स्थानीयवासीले दुखेसो पोखेका छन् । त्यस्तै बौद्धको गेटसम्म पनि सडक कालोपत्र नभएको भन्दै स्थानीय विनिता कोइरालाले बौद्धबाट जोरपाटी हुँदै थलिसम्म पुग्नका लागि निकै कष्टकरयात्रा गर्नुपर्ने बताए । सडकमा खाल्डा र हिलोको बयानगरी साध्य नभएको भन्दै कोइरालाले यस सडकखण्डमा दिनहुँ मोटरसाइकल दुर्घटनामा पर्ने गरेको बताए ।

 

सोही सडकखण्डको सलम्बुटारदेखि ईन्द्रायणी, नयाँ पाटी, डाँछी, थलिलगायतका सडकमा ठूल–ठूला खाल्डाखुल्डी रहेका छन् । त्यसको तत्काल निर्माण सम्पन्न गर्नुपर्ने माग स्थानीयवासीको छ । यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा सडक निर्माणमा विलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो । सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौंडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो ।

 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडक विस्तारको जिम्मा पाएको थियो । तर अहिलेसम्म उक्त सडकखण्डको निर्माणकार्य सम्पन्न हुनसकेको छैन । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 6 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 6 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।