किन खाने भुटेको चना ?

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाई/हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाई/हाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ । 

 

बजारमा बोक्रा भएको र बोक्रा छिलेको गरि दुई प्रकारको चना पाइन्छ । तपाईले बोक्रा सहितको चना खानुहोस्, किन भने चनाको बोक्रासमेत स्वास्थ्यका लागि राम्रो मानिन्छ । भुटेको चनामा कार्बोहाइड्रेट, प्राटिन, क्याल्सियम, आइरन र भिटामीन भरपुर पाइन्छ । 

 

भुटेको चना खाँदा हुने फाइदाहरुको बारेमा पढिसकेपछि तपाईलाई प्रश्न उठ्न सक्ला, एक दिनमा कति चना खाने ? भन्ने । यस विषयमा बसंत कुंज स्थित इन्डियन स्पाइनल इन्जरी सेन्टरको सिनियर डाइटिसियन डा. हिमांशी शर्माका अनुसार एक स्वास्थ्य ब्यक्तिले प्रत्येक विहान ५० देखि ६० ग्राम चना सेवन गर्नु उपर्युक्त हुन्छ । 

 

यस्ता छन् भुटेको चना खानुका फाइदाहरुः

प्रतिरोधक क्षमता बढाउँछः

प्रत्येक विहान खाजा तथा दिउँसोको खाना खानु पहिल्यै ५० ग्राम भुटेको चना खाँदा तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि हुन्छ । तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि भयो भने विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ । साथै यसले मौसम अनुसार शरीरमा हुने विभिन्न समस्याबाट पनि बचाउँछ । 

 

मोटोपन घटाउँछः

आफ्नो वजन कम गर्न चाहनेले भुटेको चना खानु लाभदायक छ । दैनिक रुपमा भुटेको चना खानाले मोटोपनको समस्याबाट बच्न सकिन्छ ।

 

पिशाव सम्बन्धि रोगबाट छुटकारा पाइन्छः

भुटेको चना सेवन गर्दा पिशाव सम्बन्धि जोडिएको विभिन्न रोगहरुबाट पनि छुटकारा पाइन्छ । जसलाई छिन–छिनमै पिसाब लाग्छ, उनले चना खानुपर्छ । यसरी नियमित चना खानाले यस्ता समस्याबाट राहात पाइन्छ । 

 

कब्जियत हुनबाट बचाउँछः

जसलाई कब्जियत भएको छ, उनले प्रत्येक विहान चना खानु राम्रो मानिन्छ । कब्जियत भएको छ भने पनि भुटेको चना खाँदा निकै राहात मिल्छ ।

 

पाचन शक्ति बढाउँछः

चनाले पाचन शक्तिलाई सन्तुलित राख्छ र दिमागी शक्तिलाई बढाउन दद्दत गर्छ । चनाको नियमित सेवन गर्दा रगत सफा हुन्छ, जसको कारण त्वचामा निखारता आउँछ । चनामा फस्फोरस हुन्छ, जसले हेमोग्लोविनको लेवल बढाउँछ ।

 

मधुमेहका रोगीलाई राहातः

भुटेको चना खाँदा मधुमेहका रोगीले राहात पाउँछन् । भुटेको चनामा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले डायबिटिज रोगलाई नियन्त्रित गर्छ । भुटेको चना नियमित खाँदा ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

  • 1 hour ago
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १६ जना मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८८८ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका १ हजार ५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन

नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।