यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति
- शनिबार, १३ मंसिर, २०७७
- 1 month ago
- विचित्र विश्व

एजेन्सी । तपाई हामी धेरै जना हिन्दु धर्मलाईअवलम्बन गर्ने गर्छौं । धर्मशास्त्रमा उल्लेख भएका नीतिहरुलाई पनि हामी अवलम्बन गर्दै आइरहेका छौं । शास्त्रहरुका अनुसार केही काम गरिसकेपछि नुहाउनु अनिवार्य छ । यहाँ हामीले चाणक्य नीतिमा उल्लेख भए अनुसार ४ काम गरिसकेपछि नुहाउन अनिवार्य भएको कुरा उल्लेख गरेका छौं ।
तेल मालिश गरेपछि
चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।
मलामी गएर फर्केपछि
चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।
सम्भोगपछि
स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।
कपाल काटेपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना खोप आज काठमाडौं आइपुग्दै
- 3 minutes ago

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण ग
ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
- 8 minutes ago

काठमाडौँ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरे
'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '
- 15 minutes ago

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।