चाणक्यबारे रोचक कुराहरु

एजेन्सी । चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३)  तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। उनको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। उनी त्यससमयका एक प्रसिद्ध विद्वान थिए। उनको जीवन निकै सरल थियो भन्ने गरिन्छ उनी राजसी ठाट(बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे।

 

पाटलीपुत्र, मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए र त्यहाँका आचार्य भएका थिए। पछि उनले चन्द्रगुप्तलाई मगधको राजा बनाएर शक्तिशाली बनाए । किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे । जैन लेखक हेमचन्द्रका अनुसार चाणक्यको मृत्यु चन्द्रगुप्तका छोरा बिन्दुसार राजा भएका बेला, तत्कालीन मन्त्री सुबन्धुको षड्यन्त्रबाट गराइएको थियो । चाणक्यलाई मन नपराउने सुबन्धुले बिन्दुसारलाई उनकी आमाको हत्याको जिम्मेवार चाणक्य भएको बताएका थिए । राजाको क्रोधबारे थाहा पाएका बुढा चाणक्यले त्यसपछि प्राण त्याग्ने अठोट गरे र जैन परम्परा अनुसार मृत्युपर्यन्त निराहार रहे । मृत्यु हुनु अघि राजाले सुबन्धुको षड्यन्त्र र आमाको हत्यामा चाणक्यको जिम्मेवारी नरहेको थाहा त पाए, तर मन्त्रीले राजाको आदेश बिपरित चाणक्यको आत्मदाह गराईदिए । चाणक्य ब्राह्मण परिवारका थिए । तर उनले कुन धर्म मान्दथे यस विषयमा विद्वानहरू एक मत छैनन् , चन्द्रगुप्त मौर्यले जीवनको अन्तिम समयमा जैन धर्म अपनाएको भनिए तापनि उसको दरबारमा बौद्ध र हिन्दू दुवै धर्मको प्रतिनिधित्व थियो ।

 

चाणक्यले आफ्नो अर्थशास्त्र ग्रन्थमा सङ्घहरूमा युवाहरूलाई भिक्षु बनाउनेहरूलाई कडा कारवाही गर्ने कुरा उल्लेख गरेकोले उनी बौद्ध थिएनन् भन्ने स्पष्ट हुन्छ तर कौटिल्यले जसलाई गुरु भनेर सम्मान व्यक्त गरेका छन् तिनीहरू बृहस्पति र शुक्र हुन् । जसमा बृहस्पतिको एक नाम चार्वाक (नास्तिक) पनि हो । त्यसै गरी शुक्र जीवनको अन्तिममा देवताहरूसँग रुष्ट थिए । कसै कसैले कौटिल्य त्यस समयको एक सम्प्रपदाय आजीवक मत अनुयायी थिए भनेका छन् । केपी जायसवालले हिन्दु पोलिटीमा यस मतको समर्थन गरेका छन् । 

 

कौटिलीय अर्थशास्त्रका रचनाकारलाई कौटिल्य, कौटल्य जस्ता नामले सम्बोधित गरिन्छ । यी दुवैमा कौटिल्य बढी प्रचलित छ । कौटिलीय अर्थशास्त्रका उद्धारक श्यामशास्त्रीले कौटिल्य शब्द उल्लेख गरेका छन् तर महामहोपाध्याय गणपत शास्त्री जसले कौटिलीय अर्थशास्त्रको संंशोधन, पुनर्व्याख्या र श्रीमूल संस्कृत व्याख्या प्रस्तुत गरेका छन् उनले स्पष्ट शब्दमा के उल्लेख गरेका छन् मध्य इकार युक्त शब्द कौटिल्य अशुद्ध हो र अकार युक्त शब्द कौटल्य शब्द शुद्ध हो । कामन्दकले आचार्यको परिचय यस प्रकार उल्लेख गरेका छन्– विष्णुगुप्त नाम, कुटल गोत्र नाम तथा चणकको पुत्र भएकोले चाणक्य । आस्पेक्ट्स अफ एन्शेन्ट पुस्तकमा पहिलो पटक कौटिल्य, शुक्र आदिका आर्थिक विचारलई प्रस्तुत गर्ने केभिएस आइयङ्गरले पनि स्पष्ट शब्दमा कौटल्य शब्द शुद्ध भएको कुरा उल्लेख गरेका छन् । गणपति शास्त्री, राजेश्वर शास्त्री द्राविड आइयङ्गरको मतलाई मर्थन गर्दै नयराज पन्तले पनि कौटल्य शब्दलाई सही ठान्दछन् । इतिहासकार दिनेशराज पन्तले पनि यसै मतलाई अनुमोदन गरेका छन् । तर अहिले कौटिल्य शब्द नै बढी प्रचलित भइसकेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार जम्मा ४ हजार ५७४ हजार स्वाब परीक्षण

  • 1 minute ago
मंगलबार जम्मा ४ हजार ५७४ हजार स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ५७४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 3 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

  • 9 minutes ago
नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।