व्यवसायी चन्द्रप्रसाद ढकालको कोरोना अनुभव

कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध सबै साथीहरु, देशका समग्र व्यवसायी साथीहरु, एसोसिएटेड सदस्य, वस्तुगत संघ, जिल्ला तथा नगर सदस्यहरु, व्यावसायिक घरानालगायत विभिन्न पेशागत संघ महासंघ र आवद्ध सबैप्रति म कृतज्ञ छु । यहाँहरुको शुभेच्छाले नै मलाई संक्रमणका विरुद्ध लड्न आत्मबल मिलेको महसुस मैले गरेको छु । 

 

विरामी भएका बेला मलाई र मेरो परिवारका सदस्यहरुलाई गर्नुभएको एक कल फोन र एसएमएसले कति ठूलो औषधीको काम गर्दोरहेछ भन्ने कुरा मैले यसपटक राम्रोसँग महसुस गरेको छु । यस क्षणमा म मलाई जस्तै माया र स्वास्थ्यलाभको कामना यस महाव्याधिबाट संक्रमित सबै दिदीबहिनी तथा दाजुभाईले पाउन सकुन् भन्ने कामना गर्न चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यस अप्ठेरो परिस्थितिमा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहुन पनि विशेष आग्रह गर्दछु । 

 

 

म नेपालका सबै व्यवसायी साथीहरु र विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यसमिति र समग्र साथीहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा साथीहरु, वस्तुगत संघका अध्यक्ष तथा साथीहरु प्रति आभारी छु । उहाँहरुले मेरो स्वास्थ्यप्रति राख्नुभएको चासो र चिन्ता नै मेरा लागि कोरोना भाइरसलाई जित्ने दरिलो औजार बनेको महसुस मैले पटक पटक गरेको छु । हाम्रो आसन्न साधारणसभा सम्पन्न गर्नुपर्ने तयारीको काममा जुट्नुपर्ने बेलामा म आफैँ विरामी भई बस्नु पर्यो र अझै केही दिन चिकित्सकले आराम गर्नुपर्ने भनेकोले छिट्टै नै म सबै साथीहरुसँग सहकार्यमा जुट्ने नै छु । हाम्रो आसन्न साधारण सभाको सिलसिलामा खटिरहनुभएका र जिल्लातिर समेत पुग्नुभएका साथीहरुलाई स्वास्थ्य सजगता अपनाउन र सपरिवार सुरक्षित भएर रहन पनि विशेष आग्रह गर्दछु । 

धन्यवाद ।

 

(व्यवसायी चन्द्रप्रसाद ढकालले कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर बुधबार डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अनुभव । उनमा असोज ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 53 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 1 hour ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 1 hour ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।