रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- मंगलबार, १३ माघ, २०७७
- 1 month ago
- युके

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । हृदयघात कारण उनको निधन भएको स्रोतले जनाएको छ । ६० वर्षिय उनी लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य रहेका थिए ।
ताप्लेजुङको सिकैँचामा जन्मेका लक्सम्बा विद्यार्थीकालमा २०३६ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए ।
त्यसपछि बेलायती सेनामा भर्ती भएका लक्सम्बाले सैन्य सेवा १९ वर्ष सेवा गरेका थिए । उनले सेवाकाशपछि बेलायतको सरे विश्वविद्यालयबाट लाइफ लङ लर्निङमा विद्यावारिधि गरेका थिए । उनी बेलायतमा सेन्टर फर नेपाल स्टडिज युकेको पूर्व कार्यकारी निर्देशक, अक्सफोर्ड विश्वविद्यालयको रिसर्च फेलो आदि रहेका थिए । उनले दर्जनौं अनुसन्धान गरेका छन् ।
लक्सम्बा पछिल्लो समय नेपाल फर्किएर नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत थिए । उनलाई केही महिनाअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राज्ञ सदस्य नियुक्त गरेका थिए ।
बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी लक्सम्बाका श्रीमती र दुई छोरा छन् ।
उनी ताप्लेजुङ समाज युकेका दुई कार्यकाल अध्यक्ष, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष रहेका थिए । साथै उनी गोरखा भूतपूर्व सैनिकहरुको समानअधिकार प्राप्तीको आन्दोलनमा पनि सक्रिय थिए ।
उनको सम्पादनमा युरोपको नेपालीपत्र साप्ताहिक प्रकाशन पनि भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी
- 7 minutes ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।
फर्निचर उद्योगमा आगलागी
- 19 minutes ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !
- 35 minutes ago

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।