अमेरिकामा नेपाली समुदायले आयोजना गरे चङ्गा मेला

Norvic Hospital

डिसी महानगर क्षेत्र  । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन्। अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक चङ्गा मेलाको आयोजना गरिएको छ।

 

मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क (राज्य उद्यान)मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला (उत्सव) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यकमको आयोजना लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजले  गरेको हो भने चङ्गा मेला दशैँ समाप्तसंगै आयोजना गरेको हो। अमेरिकामा रहेका दोश्रो पुस्तालाई बिशेष केन्द्रित गरि नेपालका चाड पर्व कला संस्कृति आदी ईत्यादीमा उनीहरुलाई सहभागिता गराई रहेको अवस्थामा चङ्गा उत्सवलाई पनि महत्व दिदै आयोजना गरिएको लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए।

 

यसै गरि क्लबका पूर्व अध्यक्ष विजय श्रेष्ठले हामीले हाम्रा चाड पर्व ,संस्कृति,परम्परा र उत्सवलाई विदेशमा जन्मेका दोश्रो पुस्ताका बालबच्चा तथा हाम्रा सन्तानलाई सिकाउनु पर्छ र यसलाई जगेर्ना गरि रहनुपर्ने भएकोले यो चङ्गा मेलको आयोजना गरिएको जनाए।

 

दुवै पूर्व सभापतिहरुले बालबालिकाका अभिभावकलाई मेलामा लिएर आउनु भनि अनुरोध सामाजिक संजाल,संचार माध्यम र नेपाली समुदायका सदस्यहरुको माध्यमद्वारा सूचना गरिएको थियो।

 

मेलामा दर्जनौ भन्दा ज्यादा परिवारहरुले आफ्ना बालबलिकाहरु सहभागिताको लागि त्यहा ल्याएका थिए। उत्सवमा राम्रा प्रकारका चङ्गाहरु ल्याएका थिए भने नेपालबाट समेत चङ्गा र लट्टाई मगाईएको थियो। बालबालिकाहरु अत्यन्तै रमाएर चङ्गा उडाएका थिए भने अभिभावकहरुले पनि आफ्ना बाल्यकाल सम्झदै चङ्गा उडाउदै बच्चाहरुलाई सिकाएका थिए। अभिभावकहरुले पनि लट्टाई र बिशेष प्रकारका चङ्गा मज्जा मान्दै खुशी हुँदै उडाएका थिए।

 

मेलामा एकै पटक सबैलाई एकै स्थानमा राखी सबैलाई एकै पटक चङ्गा उडाउन भने पछि बालबालिकाहरु चङ्गा लिएर दौडेका थिए। उक्त मेलामा चङ्गा उडाउने मात्र नभई मनोरंजन प्रदान गर्न बच्चाहरुको लागि डोरी तान्ने खेल लगायत खेल गराईएको थियो । साथै सबैलाई सेलरोटी सहितको खानपिनको व्यवस्था समेत बन्दोबस्त गरिएको थियो।

 

चङ्गा उडाउन अगाडी आवेदन पत्र समेत भर्नु परेको थियो । अमेरिकामा चङ्गा १५० फिट भन्दा माथि उडाउन पनि नपाइने र चङ्गा जुधाउन पनि नपाइने भनि आयोजकले बताएका थिए। चङ्गा चेट भएर राजमार्गमा पुगेर सवारी साधनमा लागेमा सडक दुर्घटना हुने हुँदा नियम कडा र त्यसो समेत नगर्न अनुरोध गरिएको थियो।

 

कल्बका अध्यक्ष लायन महेन्द्र थापा मगरले स्वागत मन्तब्य राखेका थिए भने प्रथम उपाध्यक्ष लायन गणेश लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम संचालन महिला सामाजिक कार्यकर्ता सीता पाण्डेले गरेकी थिइन्।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 6 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 6 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 7 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।