मान्छे कतिसम्म चतुर हुनसक्छ ? यी हुन् विश्वकै सबैभन्दा चुतर व्यक्तिहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ । कतिले त्यस्ता मानिसलाई मानसिक रोगी पनि भन्ने गर्छन् । तर मस्तिष्कले बनाएको पहिचानको लोभ गर्ने पनि कम रहेका छैनन् ।

 

विश्वमा यस्ता धेरै चतुर मानिसहरु रहेका छन् । तर वण्डरलिष्ट मिडियाले दिएको जानकारी अनुसार यस्ता मानिसहरु धेरै भएका कारण आइकिउ टेष्ट मार्फत को कति चतुर छ भन्ने छुटाइएको छ । उनीहरुको तिक्ष्णता सबैलाई आश्चर्यमा समेत पारेको छ । उनीहरुले गरेका हर्कत कारण पनि उनीहरु बेलाबेलामा चर्चामा आइरहेका छन् ।

विश्वका १० चतुर मानिसहरुको सुची यस्तो रहेको छ ।

 

ग्यारी कासपारोभ

यिनले विश्वलाई नै आश्चर्यमा पारिदिए जब कम्युटरसँग चेस खेल्न थाले । ग्यारीले ३ सय मिलियन प्रति सेकेण्ड पोजिसनमा रहेको कम्युटरसँग चेस खेली बराबरी गर्न सफल भएका थिए । उनी रसियाका चेस ग्राण्डमास्टर हन् । चेसमा हालसम्म उनी हारेका छैनन् । विश्वका मानिसहरु तब आश्चर्यमा परे जब उनले २२ वर्षको उमेरमा चेसका बादशाह मानिने एनाटोलीलाई कारपोभलाई पराजित गरे ।

 

फिलिप इमियाग्ली

नाइजेरियामा जन्मेका फिलिप पेशाले इन्जिनियर, म्याथमेटिशियन, कम्प्युटर साइनटिस्ट र जियोलोजिष्ट रहेका छन् । उनले १९८९ गोर्डन बेल पुरस्कार दुई पटक जित्ने एकमात्र व्यक्ति हुन् । पेट्रोल पत्ता लगाउन कनेक्सन मेसिन सुपरकम्प्युटरको प्रयोगमा उनको योगदानलाई कदर गर्दै आइइइले उनलाई पुरस्कार दिएको हो ।

 

मेरिलिन भोस साभान्ट

सन् १९८५ मा मेरिलिन आइकिउमा १९५ अंक ल्याएको मान्दै गिनिज बुकले उनलाई सम्मान गरेको थियो । लगातार उनले पाँच वर्षसम्म आइकिउ टेस्टमा नम्बर एकमा रहेकी थिइन् । उनले विभिन्न क्षेत्रमा सबैभन्दा बढी २२८ सम्म परिक्षण गरेकी थिइन् । उनी परेड म्यागाजिनमा कोलम्निष्ट समेत रहेकी थिइन् । उनलाई पाठकहरुले विभिन्न खाले पजलहरु दिने गर्थे जुन उनले सजिलै हल गरिदिन्थिइन ।

 

मिसलाभ प्रिडाभेक

क्रोसियाका गणितका प्रोफेसर मिसलाभ विश्वको दशमध्ये सातौ चतुर व्यक्तिमा पर्छन् । उनी जनरल आइकिउ टेस्टका संस्थापक समेत रहेका छन् । उनी ट्रेड कम्पनीका मालिक र निर्देशक पनि रहेका छन् ।

 

रिक रोशनर

उनलाई चतुर व्यक्ति भनेर कमैले पत्याउँछन् । लामो समय बारमा बाउन्सरको रुसमा काम गरेका उनले आइकिउ टेस्टमा १९२ अंक ल्याएका थिए । उनी अमेरिकामा टेलिभिजन कार्यक्रम निर्माता रहेका छन् । उनको पपुलर कार्यक्रम चिप्सका कारण पनि उनी चर्चामा रहेका छन् ।

 

क्रिस्टोफर ल्यांगन

अमेरिकी नागरिक क्रिस्टोफरले आइकिउ टेस्टमा १९५ देखि २१० सम्म अंक ल्याएको बताइएको छ । उनीलाई अमेरिकामा सबैभन्दा स्मार्ट मान्छेको रुपमा लिइन्छ । उनी ६ महिनको हुदाँ बोल्न थालेका थिए भने तीनवर्षको हुदाँ सरर पढ्न थालेका थिए । उनले ‘दिमाग र रियालिटीको सिद्धान्त’ को विकास गरेका थिए ।

 

इभानगेलोस काट्सीउलिस

डाक्टर इभानगेलोस पेशाले मेडिकल डाक्टर तथा साइक्याट्रिक हुन् । उनले आइकिउ टेस्टमा १९८ स्कोर ल्याएको बताइन्छ । उनले मेडिकल रिसर्च टेक्नोलोजी र साइकोफर्माकोलोजीमा डिग्री हासिल गरेका छन् । उनी विश्ब इन्टिलिजेन्स नेटवर्कका संस्थापक समेत हुन् । उनी कुशल पेन्टर र पौडीबाज पनि हुन् ।

 

किम ओङ–योङ

आइकिउ टेस्टमा २१० स्कोर गरेका कोरियन इन्जिनियर चायल्ण प्रोडिजीमा मास्टर गरेको बताइन्छ । ६ महिनाको उमेरमा उनी कोरियन भाषा बोल्ने र साथै अन्य भाषाहरु पनि बुझ्ने बताइएको छ । ३ वर्षको उमेरमा उनले कोरियन, जापानिज, जर्मन, र अंग्रेजी भाषामा पढ्न थालिसकेका थिए । उनले कठिन पजल पनि हल गर्न सक्थे । आइकिउ टेस्टमा सबैभन्दा उच्च अंक ल्याउनेमा उनको गिनिज बुकमा रेकर्ड पनि बनेको थियो ।

 

क्रिस्टोफर हिराता

हिराता बाल्यकाल देखिनै अतिनै चतुर रहेका थिए । उनले १३ वर्षको उमेरमा नै इन्टरनेशल फिजिक्स ओलमपिएडमा गोल्ड मेडेल जितेका थिए । १६ वर्षको उमेरमा त हिराता नासामा हाम गर्न थालिसकेका थिए । २२ वर्षको उमेरमा उनले प्रिस्टन विश्वविद्यालयबाट पिएचडी गरेका थिए । हाल उनी क्यालिफोनिर्या इन्सिच्युट अफ टेक्नोलोजीमा एस्ट्रोफिजिक्स पढाउने काम गर्छन् । यिनको आइकिउ टेस्टमा २२५ अंक ल्याएको मानिन्छ

 

टेरेन्स टाओ

यिनको आइकिउ स्कोर २३० रहेको छ । अष्ट्रेलियामा जन्मेका चाइनिज अमेरिकन टाओ पेशाले म्याथमेटिसियन हुन् । उनले २० वर्षको उमेरमा प्रिस्टन विश्व विद्यालयबाट पिएचडी गरेका थिए । त्यस्तै २४ वर्षको उमेरमा सबैभन्दा कान्छो प्रोफेसर भएका थिए । उनलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको पनि छ । उनले स्याटमा ७६० स्कोर गरेका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

  • 5 seconds ago
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

हिमालयन र सिभिल बैंकबीच शुक्रबार मर्जर सम्झौता हुने

  • 1 minute ago
हिमालयन र सिभिल बैंकबीच शुक्रबार मर्जर सम्झौता हुने

काठमाडौँ। हिमालयन बैंक लिमिटेड र र सिभिल बैंक लिमिटेडबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अर्को संस्थासँग गाभिनैपर्ने दबाबमा रहेको हिमालय

फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा कति कमायाे ?

  • 9 minutes ago
फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा कति कमायाे ?

एजेन्सी । बलिउड फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा हालसम्म ७१ करोडभन्दा माथिको कमाई गरेको छ । अभिनेता वरुण धवनको फिल्मले दोस्रो हप्तामा सोमबार र मङ्गलबार खासै कमाई गर्न सकेन । जुग जगु जियोको पछिल्



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।