राहुलले ‘चौकीदार चोर भयो’ भनिरहँदा मोदीले सुरु गरे “म पनि चौकीदार” अभियान

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गरेका छन् । 

 

सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका छन् । 

 

“तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका छन् । 

 

प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए । 

 

अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन्। 

 

चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ । 

 

काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उनले सुरु गर्नु भएको हो । 

 

सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् । 

 

यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । 

 

भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 2 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 14 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग

नेप्सेमा उच्च अंकको वृद्धि

  • 22 minutes ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।