बेलायत आउँदै 'छ माया छपक्कै'

 

लण्डन । वर्षकै सर्वाधिक सफल चलचित्र 'छ माया छपक्कै' बेलायतका दर्शकमाझ पनि प्रदर्शन गरिने भएको छ । 

 

बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्टले आउँदो अंग्रेजी नयाँ वर्षकै अवसरमा अल्डरसटमा चलचित्र प्रदर्शन गर्ने भएको हो । 

 

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका तारा गर्बुजाले बताए ।

 

 चलचित्र हेर्न टिकटको लागि अग्रिम लिंदा १२ पाउण्ड र शोको दिन ढोकामै लिंदा १५ पाउण्ड लाग्नेछ । 

 

दिपकराज गिरी र दिपाश्री निरौलासहितको समुहले निर्माण गरेको 'छ माया छपक्कै' मा देशको विकृत राजनीतिप्रतिको तिखो व्यंग्य छ । 

 

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भुमिका छ । 

 

असोज अन्तिम साता प्रदर्शनमा आएको यो चलचित्रले व्यवसायिक रुपमा समेत गतिलो व्यपार गर्न सफल भएको थियो ।

 

अल्डरसटको शोपछि चलचित्रलाई क्रमश बेलायतका अन्य शहरमा समेत प्रदर्शन गर्ने योजना रहेको नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले जानकारी दिएका छन् । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।