प्रस्तावित प्रधानन्यायाधीशकाे संसदीय सुनुवाइमा कर्मचारीले काम गर्न नखाेजेपछि
- आइतबार, १५ पुष, २०७५
- 4 years ago
- राजनीति

काठमाडौं । संघीय संसदका कर्मचारीहरूको असन्तुष्टी सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाइका क्रममा पोखिएको छ ।
आइतबार न्यायाधीशमा प्रस्तावित राणाको संसदीय सुनुवाइ हुँदै थियो । सुनुवाइ हुँदै गर्दा संघीय संसदका कर्मचारीले चार बजेपछि काम गर्न नखोज्दा सुनावाइ प्रभावित भएको छ ।
संसदका कर्मचारीहरूले अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउनु पर्ने माग राख्दै आन्दोलनमा रहेका छन् । उनीहरुले १० देखि ४ बजेसम्म मात्र काम गर्ने भन्दै आएका छन् ।
सुनुवाइ चलिरहेको समयमा चार बजेपछि संसदका कर्मचारीहरू बैठक कक्षको माइक काट्ने तयारीमा पुगेका थिए ।
संघीय संसदका कर्मचारीले चार बजेपछि काम नगर्न खोज्दा माइक काट्न खोजेपछि संसदीय सुनुवाइ विशेष समितिले मंगलबारका लागि बैठक निरन्तर राखेको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षले नमानेपछि मंगलबार पुगेको हो ।
सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले उपस्थित हुन नसक्ने बताएपछि मंगलबारका लागि मिति तय भएको हो ।
सुनुवाइमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश राणालाई उजुरी र उनले राखेको अवधारणामा प्रश्न मात्र राखेका छन् । सुनुवाइको सुरुमा राणाले आफ्नो अवधारणा राखेका थिए ।
उनको जवाफ चित्त नबुझेमा प्रश्न राख्नसमेत उनीहरूले पाउनेछन् । यो प्रक्रिया समाप्त भएपछि उनको नाम अनुमोदन गर्ने विषयमा समितिले निर्णय गर्ने छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’
- 54 seconds ago

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ
- 5 minutes ago

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 20 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व दिशा शक्ति र बहादुरीको प्रतीक हो।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।