काँग्रेसले छाेड्याे अडान, जाेशी प्रधानन्यायाधीशमा अनुमाेदन नहुने करिब पक्का

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अनुमोदन गर्नुपर्ने अडानमा रहेको नेपाली काँग्रेस आफ्नो अडानबाट पछि हटेको छ । काँग्रेस अडानबाट पछाडी हटेपछि जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन नहुने करिव–करिव पक्का भएको छ । 

 

उच्च समाचार स्रोतका अनुसार काँग्रेस आफ्नो अडानबाट पछाडी हटेपछि आज बस्ने संसदीय सुनुवाई समिति बैठकमा जोशीको नाम अस्वीकृत गर्ने पक्कापक्की जस्तै भएको हो । 

 

स्रोतका अनुसार प्रधानन्याधीश प्रकरण नलम्ब्याउन र बीचको बाटोबाट सहमतिमा पुग्न सत्तापक्ष र प्रतिपक्ष सहमत भएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बेलुका र बुधबार बिहान भएको टेलिफोन वार्तामा दुवै नेता न्यायलयलाई विवादमा तान्न नहुने पक्षमा सहमत भएको बुझिएको छ । 

 

प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्ड जोशीको नाम अस्वीकृत गर्नेपक्षमा छन् । काँग्रेस पनि ओली र प्रचण्डकै ‘लाइन’ मा गएपछि अव संसदीय समितिमा जोशीको विपक्षीमा सर्वसम्मत सहमति जुटने सम्भावना पनि छ । 

 

त्यस अगाडि जोशीले आफै राजीनामा गरेर दौडबाट पछाडि हट्न विकल्प पनि कायमै छ । तर, जोशी अहिलेसम्म राजीनामा गर्ने मूडमा छैनन् । जोशीलाई सत्तारुढ दलका नेताहरुले पनि राजीनामा दिन सुझाव दिएका थिए । 

 

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको कुराकानीमा जोशीको पक्ष विपक्षमा उभिँदा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत राम्रो सन्देश नजाने भएकाले यो प्रकरणलाई सहमतिबाटै टुङ्ग्याउन दुवै नेता सहमत भएको काङ्ग्रेस निकट उच्चस्रोतले जनाएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।