चीन अमेरिका व्यापार विवाद रोकिएन

गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् । 

 

संयुक्तराज्य अमेरिका र चीनका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ । 

 

अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र हो । यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो । 

 

यो विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ । कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन् । 

 

उनीहरू भन्छन्– पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ यस्तै अवस्था जारी रहने हो भने यसले आगामी दिनमा व्यापार युद्ध नै हुनसक्ने त्रास रहन्छ । 

 

शुरुमा अमेरिकाले आफ्नो देशमा आयात हुने गरेको चिनियाँ स्टील र एलुमिनियममा पहिलेको तुलनामा निकै धरै मात्रामा शुल्क बढाएको थियो । यसको चीनले कडा मात्रामा विरोध पनि गरेको थियो । 

 

तर अमेरिकाले चीनको कुरा सुनेन । त्यसपछि यहाँ उक्त पदार्थको आयातमा पनि कमी भएको बताइएको छ । अहिले नगण्य मात्रामा मात्र कतिपय चिनियाँ वस्तुहरू अमेरिका आयात भइरहेका छन् । 

 

अमेरिकाको यस व्यवहारका विरुद्धमा यता चीनले पनि अमेरिकाबाट आयात हुने कतिपय खाद्य पदार्थमा पनि रोक लगाएको पाइएको छ । अमेरिकालाई जवाफ दिएकै शैलीमा चीनले सुङ्गुरको मासु, मदिरा र फलफूलजस्ता पदार्थको आयातमा भन्सार शुल्क बढाएको छ । 

 

विश्वका यी दुई ठूला अर्थतन्त्रबीच चलिरहेको यस अवस्थाले विश्वका अरु पनि देशहरूमा आर्थिक सङ्कटहरू निम्त्याउन सक्ने खतरा बढाएको बताउन थालिएको छ । 

 

तर दुवै देश यी अघिका निर्णयहरूबाट पछि हट्नुको सट्टा आ–आफ्नो व्यापारिक हितको रक्षा गर्ने होडका साथ अघि बढेका आर्थिक क्षेत्रका जानकारहरूको अनुभव छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दिल्लीमाथि पञ्जाबको जित, दिल्लीका धवनले राखे यस्तो कीर्तिमानी

  • 5 minutes ago
दिल्लीमाथि पञ्जाबको जित, दिल्लीका धवनले राखे यस्तो कीर्तिमानी

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

सिमकोट गाउँपालिकाका शिक्षकले तलब पाएनन्

  • 20 minutes ago
सिमकोट गाउँपालिकाका शिक्षकले तलब पाएनन्

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् ।

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

  • 7 hours ago
राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।