फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक
- बिहीबार, ९ असोज, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन् ।
राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।
चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल संयुक्तराष्ट्र संघ महासभाको ७४औं बैठकमा सहभागी हुन हाल न्यूयोर्कमा रहेका छन् ।
चिनियाँ विदेशमन्त्री यीले संयुक्तराष्ट्र सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका रुपमा रहेका चीन र फ्रान्सले विश्व बहुलवाद र खुला विश्व अर्थतन्त्र निर्माणमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गरेका फ्रान्सको औपचारिक भ्रमणले द्वीपक्षीय सम्बन्ध निर्माणमा नयाँ अध्याय प्रारम्भ गरेको बताए ।
सो अवसरमा फ्रान्सेली विदेशमन्त्री ली ड्रायनले दुबै मुलुकका राष्ट्राध्यक्षबीच उच्चस्तरको आपसी विश्वास रहेको बताउँदै दुबै देशले बदलिँदो विश्व परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो छ भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 6 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 20 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 40 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।