चिनियाँ राष्ट्रपतिको राजीनामाको माग !
- सोमबार, १२ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । चीनमा कोरोना भाइरसका केसहरू बढिरहेका छन् जसका कारण कडा शून्य कोभिड नीति लागू भएको छ ।
चीनमा कोरोनाको फैलिन नदिन लकडाउन, ठूलो परिक्षण र यात्रा प्रतिबन्ध लगाइएको छ ।
एकपछि अर्को गर्दै, चीनमा प्रतिबन्ध र कडा निर्देशन जारी भएपछि मानिसहरूले आक्रोश व्यक्त गरेका छन् ।
चिनियाँ सरकारको कडा कोभिड प्रतिबन्धको विरूद्ध प्रदर्शन तीव्र भएको छ र राष्ट्रपति सी जिनपिङको ‘कडा शून्य कोविड नीति’ को विरोधमा मानिसहरू सडकमा उत्रिएका छन्।
सांघाईमा हजारौं प्रदर्शनकारीहरूले विरोध जनाएका छन् । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरीहरु परिचालन गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
बेइजिङ, नान्जिङलगायतका विश्वविद्यालयहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेको मिडिया रिपोर्टमा उल्लेख छ।
शनिबार चीनमा ३४ हजार ३९८ कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार, संख्या ३१ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए ।
शनिबार राति सांघाईमा भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले खुलेरै ‘सी जिनपिङ, स्टेप डाउन’ र ‘कम्युनिष्ट पार्टी डाउन डाउन’ जस्ता नारा लगाएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।