कोरोना महामारी उत्पत्तिबारे थप अनुसन्धान प्रस्तावबारे चीनले यस्तो दियो प्रतिक्रिया

सांकेतिक तस्बिर

एजेन्सी । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बताएका छन् ।

 

डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो ।

 

चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले ‘सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान’ गरेको टिप्पणी गरेका छन् । उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए ।

 

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

 

बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए । चीनले त्यस्ता सर्तहरू मान्न ‘असम्भव’ भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाइ सकेको बताएका छन् ।

 

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ । वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाका निर्देशक पनि उक्त पत्रकार सम्मेलनमा उपस्थित थिए । उनले कोरोनाभाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको तर्क गरे । सन् २०१८ मा उक्त प्रयोगशाला स्थापित भएदेखि त्यहाँबाट कुनै भाइरस पनि नचुहिएको अनि कुनै कर्मचारी पनि सङ्क्रमित नभएको उहाँको दाबी रहेको छ ।

 

कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिएका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 5 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 5 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।