चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

Global IME
Norvic Hospital

बेइजिङ । चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो । 

 

नोभेम्बर महिनामा चिनीया कारखानाको परिस्थिति मापन गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स ९पिएमआई० ५०।० देखिएको छ । अक्टोबर महिनामा यो ५०.२ थियो । राष्ट्रिय तथ्याँक विभाग ९एनबीएस०का अनुसार यो सूचक प्रक्षेपण गरिएभन्दा कम हो । 

 

विगत दुई वर्षमा नै यो सूचकाँक सबैभन्दा न्यून विन्दुमा पुगेको छ । सूचकाँकमा ५०।० आउनु अर्थतन्त्र खुम्चिनु सरह हो । 

 

एनबीएसका विश्लेषक झाओ क्विन्घेले जारी गरेको वक्तव्यमा चिनीया उत्पादनमा कमी नआएको तर मागमा केही कमी आएको उल्लेख छ । उनले नयाँ माग जुन गतिमा हुनुपर्ने थियो, पछिल्लो महिनामा कमी आएको बताएका छन् । 

 

चिनीया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी२० को बैठकका अवसरमा भेटवार्ता हुनुअघि यो तथ्याँक सार्वजनिक भएको छ । जी२० को दुई दिने बैठक अर्जेन्टिनाको ब्युनसआयर्समा शुक्रबार हुँदैछ । 

 

बैठकका क्रममा राष्ट्रपति ट्रम्पले चीनको अर्थतन्त्रमा व्यापक सुधार गर्नेगरी चिनीया राष्ट्रपति सी जिनपिङमाथि दबाब दिने अपेक्षा गरिएको छ । उले अपेक्षित सुधार नभए आगामी जनवरीदेखि चिनीया सामानमा अझ करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । 

 

यद्यपि ट्रम्पले व्यापार युद्धमा युद्धविराम गर्ने मनस्थिति बनाएको विश्लेषकहरुको भनाइ छ । 

 

चीनको अर्थतन्त्र तेस्रो चौमासिकमा ६।५ प्रतिशतले वृद्धि भएको छ, तर यो विगत नौ वर्षयताकै सबैभन्दा न्यून हो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 13 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 49 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।