भारतले पाकिस्तानमा हवाई आक्रमण गरेपछि चीनले दियो यस्तो प्रतिक्रिया

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । भारतले पाकिस्तान क्षेत्रमा गरेको हवाई आक्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा थप डरलाग्दो समस्या देखिएको छ । चीनले दुवै देशलाई संयम रहन आग्रह गरेको छ ।

 

आतंकवादी समस्यालाई समाधान गर्न अन्तराष्ट्रिय सहमति आवश्यक रहेको र आक्रमक व्यवहार नअपनाउन आग्रह गरेको छ । जुम्म–काश्मिरमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध एकाएक बिग्रिएर गएको छ । आतंकवादी संगठन जैस–इ–मोहमम्दको क्याम्पमा भारतले हवाइ आक्रमण गरेपछि पाकिस्तानमा पनि खैलाबैला मच्चिएको छ । दुई देशको तनाव बढी रहेका बेला चीनले धैर्य रहन आग्रह गरेको हो । 

 

भारतले पाकिस्तानमा रहेको आतंकवादी क्याम्पमा गरेको आक्रमणलाई लिएर चीनका विदेशमन्त्रायका प्रवक्ता लु काङ भनेका छन्,‘हामीले यस सम्बन्धी केही रिपोर्ट संकलन गरेका छौँ ।’

 

उनले भनेका छ,‘म भन्न चाहन्छु भारत र पाकिस्तान दक्षिण एसियाका महत्वपुर्ण देश हुन् । दुवै देशको आपसी समझदारी र सम्बन्ध सुदृण भएको सबैले अपेक्षा गरेका छन् । धैर्यताका साथ दुवै देशले सम्बन्ध विस्तार गरेमा दक्षिण एसियामा शान्ति र स्थिरता हुनसक्छ ।’ 

 

उनले थप्दै भनेका छन्,‘दुवै देशले यस अवस्थामा  संयमताका साथ अगाडि बढे दुई देशको द्विपक्षिय सम्बन्धमा सुधार आउनेछ ।’

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 11 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 11 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।