'प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन'

Global IME
Mega Bank
Norvic Hospital

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् । उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । 

 

वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ । 

 

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खछ्याङले भने, “चीनले कसैप्रति भेदभाव राख्दैन । हामी त्यस्तो काम गर्दैनौं र भविष्यमा पनि गर्ने छैनौं ।” पश्चिमा मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न उच्चस्तरीय प्रयासकै कडीका रुपमा प्रधानमन्त्री खछ्याङको यस्तो भनाई आएको हो । 

 

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र अरु केही मुलुकले हुवावे समेतका चिनीया फर्मका प्रविधि आफ्नो देशमा प्रयोगमा निषेध गरेका छन् । यी कदमले हुवावेको बजार विस्तारमा ठूलो दबाब सिर्जना भएको छ । हुवावेले पछिल्लो समय पाँचौं पुस्ताको दूरसंचार प्रविधि सार्वजनिक गर्न अर्बौं डलर लगानी पनि गरिसकेको छ । 

 

हुवावेले पनि चीन सरकारका निम्ति जासुसी गरेको भन्ने पश्चिमा मुलुकको आरोपको पटकपटक खण्डन गरिसकेको छ । हुवावेका संस्थापकले पनि विदेशी ग्राहकका गोपनीय कुराहरु चीन सरकारलाई उपलब्ध नगराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

 

राष्ट्रपति सी चिनफिङको सरकारमाथि तीन दशककै तुलनामा सबैभन्दा न्यून आर्थिक वृद्धि भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र अरु प्रमुख बजारसँगको व्यापार सम्बन्धलाई सुधार गर्न दबाब बढेको छ । चीनको आर्थिक वृद्धि गत वर्ष तीन दशकयताकै सबैभन्दा न्यून अर्थात् ६।६ प्रशित भएको थियो । अन्य कतिपय क्षेत्रका कृयाकलाप पनि सुस्त हुन थालेको छ । चिनिया सामानको निर्यात घटेको छ भने सवारी साधनको बिक्रीमा मन्दी छाएको छ । 

 

चीनका प्रधानमन्त्री लीले भने, विदेशी लगानीका निम्ति बढीभन्दा बढी उद्योगहरुलाई खुला गर्न चीन तयार छ । तर उहाँले यस बारेमा विस्तृत विवरण दिन अस्वीकार गरे । 

 

“हामी तटस्थताको सिद्धान्तप्रति अडिग छौं र स्वदेशी एवं विदेशी कम्पनीहरुलाई समान व्यवहार गर्नेछौं,” प्रधानमन्त्री खछ्याङले बताए। 

 

चीनको जनकङ्ग्रेसले अमेरिकासँगको करवृद्धि युद्धलाई मत्थर बनाउने उद्देश्यले वैदेशिक लगानीको संरक्षण सम्बन्धी एउटा कानुन पनि पारित गरेको छ । नयाँ कानुनमा प्रविधि हस्तान्तरण गर्न चिनिया अधिकारीले कम्पनीहरुमाथि दबाब दिन नपाइने व्यवस्था गरिएको छ । 

 

“यो कानुनले विदेशी लगानीकर्ताको अधिकार र सरोकारलाई संरक्षण गर्नेछ, र अरु बढी विदेशी लगानी भित्र्याउन सकारात्मक वातावरण तयार गर्न सहयोग गर्नेछ,” प्रधानमन्त्री खछ्याङले भन्नुभयो । पछिल्लो कानुनी व्यवस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्त बुझ्छ वा बुझ्दैन भन्ने स्पष्ट भइसकेको छैन । 

 

अमेरिकी र चिनिया मध्यस्थकर्ताहरु अहिले दुई देशबीचका व्यापारिक असमझदारी हटाएर नयाँ सम्झौता गर्नेगरी वार्तामा जुटिरहेका छन् तर औपचारिक सम्झौताको मिति अझै टुङ्गो लागेको छैन । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङको उपस्थितिमा व्यापार सम्झौता हुने अमेरिकी राष्ट्रपतिले बताएका छन् । राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचका धेरैजसो असमझदारी सुल्झिसकेको बताउँदै ठोस सम्झौता हुनेमा आफू पूर्ण आश्वस्त रहेको बताए । 

 

चीनले पनि व्यापार वार्ता निकै सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने चिनिया समाचार संस्था सिन्ह्वाले चिनिया अधिकारीहरुको भनाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

  • 5 hours ago
स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

  • 12 hours ago
वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थ

संसद्मा विधेयकः केही उपलब्धि, केही निष्क्रिय

  • 13 hours ago
संसद्मा विधेयकः केही उपलब्धि, केही निष्क्रिय

काठमाडौँ । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।