दुई खर्ब २५ अर्ब करको भार कटौति गरिदिने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ । 

 

चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धारासायी बन्न नदिने प्रयासस्वरूप उक्त योजना ल्याउन लागेको भन्सार कार्यालयले जनाएको छ । 

 

चिनियाँ सामान्य भन्सार प्रशासनले बुधबार कर छुटबारे जानकारी गराउँदै भन्यो, “सरकारले आगामी अप्रिल १ देखि लागू हुनेगरी उक्त कर छुट योजना ल्याएको र सामान आयातमा दिइने छुटबाट सरकारले यस बर्ष ३३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको दायित्व बहन गर्नुपर्नेछ ।” 

 

भन्सार कार्यालयले भनेको छ, “करदाताहरूले विदेशबाट ल्याउने सामानमा तिर्दै आएको १६ प्रतिशत करमध्ये तीन प्रतिशत कर छुट पाउनेछन् भने १० प्रतिशत भ्याट बुझाउँदै आएका कम्पनी तथा फर्मले नौ प्रतिशत मात्र कर बुझाए पुग्नेछ ।” 

 

सन् २०१८ को मे १ पहिले १७ प्रतिशत र ११ प्रतिशत कर उठाउँदै आएकोमा मे १ पछि सरकारले यसबाट एक प्रतिशत कम अर्थात क्रमश १६ र १० प्रतिशत मूल्य अभिवृद्धि कर उठाउँदै आएको थियो । 

 

पछिल्लो निर्णय अनुसार सीमापारबाट इ–कमर्समार्फत आयातित वस्तुको खुद्रा सामानको मूल्यमा पनि कर छुट हुनेछ जसबाट स्वदेशमा निर्माण गरिएका वस्तुको मूल्य सुलभ भई स्वदेशी कम्पनी तथा फर्मलाई एक खर्ब ३५ अर्ब युआन बराबरको लाभ हुने बताइएको छ । 

 

चीनको सरकारी कार्यक्रम प्रतिवेदन अनुसार ठूलो दरका कर तथा शुल्कमा यस बर्ष कटौति गर्ने र करदातालाई करको भारमा कटौति गर्ने र घरेलु कम्पनी तथा फर्मको विमाबाट प्राप्त हुने झण्डै दुई ट्रिलियन युआन बराबरको सामाजिक विमाको योगदानबाट मिलान गर्ने आश्वासन दिएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 5 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 29 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 11 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।