विश्वलाई नयाँ परिचय दिने तयारीमा चीन !
- मंगलबार, २६ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।
विकसित केन्द्रहरु जस्तै सान्घाइ र सेनजेन जुन माछा सहरहरुका रुपमा परिचीत थिए ठुला मेगासिटीका रुपमा विकसित हुने तरखरमा रहेका छन् । हाइटेक सुविधाले सम्पन्न गर्ने योजना बनाउने योजनालाई मेगा–घोस्ट सहरहरुको उपनाम दिइएको छ ।
चीनले पछिल्लो समय सात वटा सहरहरुलाई महत्वका साथ हेरेको छ । यी सहरहरुलाई मेगा प्रोजेक्टमा राखेर चीनको नयाँ परिचय बनाउने लक्ष्यका साथ काम भइरहेको छ ।
नानहुइ न्यु सिटी
यो मेगा सिटी प्रोजेक्ट निर्माण सन् २०२० सम्ममा सक्ने गरी काम भइरहेको छ । यसलाई सेटलाइट सिटीको नाम पनि दिइएको छ । यो सहर निर्माण गर्न करिब एक दशकभन्दा बढी लागेको बताइन्छ । यो सहरमा निर्माण कार्य, रेसिडेन्टल कम्पेक्स, आठवटा विश्वविद्यालय, एउटा म्युजियम, अफिसहरु, प्लाजाहरु, रिटेल निर्माण कार्य सन् २००३ देखि नै हुँदै आएको थियो ।
यो सहरको डिजाइन जर्मन आर्टिटेक्चर गेरकन, मार्ग र उनका साथीहरुले गरेका हुन् । यो सहरमा करिब आठ लाख मानिसहरुलाई आकर्षित गर्ने बताइएको छ । यो सहर निर्माणका लागि करिब ४.५ बिलियन डलर खर्च लाग्ने बताइएको छ ।
द चेङडु क्रिएटिभ सेन्टर
यो सहरको डिजाइन युकेका आर्टिटेक्चर ब्रोडवे मलयानले गरेका हुन् । यो सहरलाई बिजनेश र रेसिडेन्टल पार्कका रुपमा प्रयोग गरिनेछ । २.९ मिलियन स्क्वायर फुट जिल्लामा अफिसहरु, रिटेल र हरित ठाउँहरु जस्ता विशेषता हुनेछन् ।
चेङडु ग्रेट सिटी
यो मेगा प्रोजेक्ट पनि सन् २०२० मा सकिने अनुमान गरिएको छ । यसले आठ लाख मानिसहरुको क्षमता बराबरको आवासहरु निर्माण गरेको छ ।
यो सिटीलाई आर्टिटेक्ट एड्रियन स्मित, गोर्डन गिलले निर्माण गरेका हुन् । यो सहरको आधा सडक पेडेस्टन ट्राफिकलाई हुनेछ, सबै घरहरुको दुई मिनेट दुरीमा पब्लिक पार्क निर्माण हुनेछ । आर्टिटेक्का अनुसार यो सहरमा ६० प्रतिशतभन्दा कम कार्वोडाइअक्साइड उत्पादन हुनेछ । साथै ग्रिन स्पेस र फार्मल्याण्डलाई यो सहरले विशेष महत्वका साथ हेरेको छ । ६० प्रतिशत कृषि, १५ प्रतिशत पार्क र घाँसे क्षेत्रलाई छुट्टाउने लक्ष्य लिएको छ ।
बाँकी २५ प्रतिशत क्षेत्रमा अफिस, रेसिडेन्ट, सडक, साइडवाल्क जस्ता कुराहरुलाई प्राथमिकतामा राखिएको छ । सन् २०१२ बाट सुरु भएको यो मेगा प्रोजेक्ट १३ मिलियन स्क्वायर फुटभित्र निर्माण सुरु गरिएको थियो ।
मकाउ न्यु अर्वान जोन
२.८ स्क्वायर माइल जमिनमा यो मेगा प्रोजेक्ट सुरु गरिएको थियो । सन् २०१७ मा यो प्रोजेक्ट सकिएको थियो । विश्वभर परिचीत मकाउ सहरको सुधारका लागि सुरु गरिएको मेगा प्रोजेक्ट सफल भएको धेरैको भनाइ छ । सुधारका लागि १२ प्रतिशत जमिन सहरमा थपिएको थियो । सन् २०१८ को सूरवात सँगै पब्लिक घर, ग्रिन क्षेत्रहरु रिजर्भ हुन थालिसकेका थिए । यो क्षेत्रलाई पाँच भागमा बाढिएको थियो ।
जो ए मा ५७ हजार मानिसहरुलाई आभास निर्माण गरिएको छ । जोन बि मा सपमा अफिस र सपहरु, २००० को हाराहारीमा रहेका छन्, त्यस्तै जोन सी डि र इ मा २२ हजार घर युनिटहरु रहेका छन् जसमा रिटेल र ग्रिन स्पेस रहेका छन् ।
सुनकियाओ सान्घाइ
यो मेगा प्राजेक्ट २५० एकडमा बन्ने योजना बनेको छ । यो सहरमा काम गर्ने क्षेत्र, बसोबास, सप, फार्म खानाका लागि बनाइनेछ ।
यो मास्टर प्लान सासाकीले निर्माण गरेका हुन् । यो मेगा प्राजेक्टबारे धेरै कुरा बाहिर नआएपनि सन् २०१८ बाट सुरु हुने बताइएको छ । कति समयमा निर्माण सकिन्छ भन्ने चाँहि सासाकीले हालसम्म खुलाएका छैनन् ।
जियोगान न्यु एरिया
यो प्रोजेक्टको योजना अनुसार जियोगानलाई सुधार गरेर मेगा सिटी बनाउनु हो । ४० स्क्वायर माइलमा फैलिएको यो सहर अब ८० स्क्वायर माइलमा फैलिनेछ । यो सहर म्यानहटनभन्दा तीनगुणा ठुलो हुनेछ ।
यो सहरको मास्टर प्लान र निर्माण कार्यको अवधिबारे आधिकारीक धारणा बाहिर आएको छैन तर यो प्रोजेक्टमा घरहरु, अफिसहरु, युनिभर्ससिटीहरु र ट्रान्जिट सिस्टमहरु हुनेछन् ।
यो सहरलाई स्पेशल इकोनोमिक जोनका रुपमा हेरिएको छ । विश्लेषकहरुका अनुसार यो सहर निर्माण हुन १५ वर्ष हुनेछ । यो सहरबाट ४.५ मानिसहरु लाभान्भित हुनेछन् ।
इकोनोमिस्टका अनुसार यो सहरमा हाउसिङको मुल्य आकासिएको छ ।
युजिायपु फाइनानसियल डिस्ट्रिक
यो सहर निर्माणका लागि चिनियाँ सरकारले अवौँ लगानी गरेको छ । यो सहरलाई चीनको नयाँ म्यानहटन पनि भनिन्छ । यो सहरको निर्माण सन् २००८ देखि सुरु भएको हो जसको लागत ३०.४ बिलियन डलर रहेको छ ।
यो सहरमा ४७ वटा नयाँ रेसिडेण्टल एसिया र अफिस टावरहरु हुनेछन् । यो सहरको निर्माण कार्य सन् २०१९ मा सकिनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट अवैध सामान बरामद
- 6 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 18 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 19 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।