चीनमा महिला तथा बालबालिकाको स्वास्थ्यस्तर माथि उकासियो
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

बेइजिङ । नयाँ चीनको स्थापनाका सत्तरी वर्षमा चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको चीनले दावी गरेको छ ।
सोमबार चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिले चीनको महिला तथा बालबालिकाको स्वास्थ्य कार्यको विकास प्रतिवेदन–२०१९सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।
प्रतिवेदनमा नयाँ चीनको स्थापनापछि चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको उल्लेख छ ।
सन् २०१८ मा चीनका गर्भवती महिलाले बच्चा जन्माउने क्रममा मृत्यु दर र शिशुको मृत्यु दर पनि घटेका बताइएको छ । चिनियाँ व्यक्तिको औषत आयु ७७ वर्ष पुगेको पनि प्रतिवेदनमा उल्लेख छ ।
मध्य तथा उच्च आम्दानी भएका मुलुकको औसत स्तरभन्दा यो तथ्याङ्क अगस्थानमा रहेको समितिले जनाएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिअन्तर्गत महिला तथा बालबालिका स्वास्थ्य विभागका प्रमुख छिन कङले उक्त कुरालाई पुष्टि गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 11 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 47 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।