चीनबाट अमेरिकातर्फ निर्यात हुने सामानमाथि २५ प्रतिशत भन्सार कर
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

बेइजिङ । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्का प्रमुख काउ यानले बताएका छन् ।
अमेरिकी कर वृद्धिको निर्णयका कारण चिनियाँ उद्योग–व्यवसायमाथि दवाव थपेको चीनको दावी रहेको छ । चिनियाँ व्यापार प्रवद्र्धन परिषद्का प्रमुख यानले हालै चीन–अमेरिका व्यापारिक द्वन्द्वबाट यी दुई मुलुक र विश्व अर्थतन्त्रमा पर्ने असरबारे पत्रकारलाई जानकारी दिएका हुन् ।
काउ यानले अमेरिकाको आर्थिक एकाधिकारवादी सोचका कारण चीन–अमेरिका आर्थिक तथा व्यापारिक छलफल गम्भीर रुपमा अवरूद्ध भएको बताउँदै बहुपक्षीय व्यापार नियमको गम्भीर उल्लङ्घन र विश्व व्यवसाय तथा आपूर्ति श्रृंखलाको सुरक्षामा गम्भीर त्रास थपेको कुरा बताए ।
साथै उनले अमेरिकाको ‘व्यापारिक संरक्षणवाद’ले चीनको अर्थतन्त्र राम्रो दिशातर्फ विकास हुने प्रवृत्तिमा अवरोध गर्न नसक्ने भन्दै चीनको सुधारलाई अगाडि बढाउने र खुलापनलाई विस्तार गर्ने दिशा परिवर्तन गर्न नसक्ने कुरामा पनि जोड दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 1 hour ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 1 hour ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।