सपिङ मलमा पनि चीन अगाडि !

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हँुदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ । उपभोक्ताहरूको खर्च गर्ने क्षमता वृद्धिले सपिङ मलको व्यापारमा टेवा पु¥याएको छ ।

 

यसरी किनमेलका लागि खुलेका विश्वका उत्कृष्ट सपिङ मलहरूमध्ये अधिंकाश सम्बन्धित राष्ट्रको राजधानी सहरको नामले प्रसिद्ध छन् । बृहत् क्षेत्र ओगटेको सपिङ मलले स्थानीय उपभोक्तालगायत ठूलो संख्यामा पर्यटकलाई अकर्षिक गर्न सक्छन्, जहाँ किनमेलका साथै सिनेमालगायतका विभिन्न सेवा पाइन्छन् । यहाँ विश्वकै उत्कृष्ट सपिङ मलका बारेमा चर्चा गरिएको छ । रमाइलो त के छ भने सर्वाधिक ठूलो सपिङ मलको सूचीमा एसिया पहिलो स्थानमा छ । चीनमा मात्रै चारवटा र फिलिपिन्समा तीनवटा ठूला मल छन् ।

 

१. साउथ चाइना मल (चीन)

विश्वको सबैभन्दा ठूलो सपिङ मलको स्थान ओगटेको साउथ चाइना मलको क्षेत्रफल ७१ लाख वर्गफिट छ । यसभित्र विभिन्न ब्रान्डका हजारौं पसल, रेस्टुराँ, चलचित्र भवन, मनोरञ्जन पार्क, पार्किङ क्षेत्र, हावाबाट चल्ने मिल तथा अन्य अनगिन्ती आकर्षण छन् । यो मलको निर्माणकार्य सन् २००५ मा पूरा भएको थियो । 

 

२. गोल्डेन रिसोर्स सपिङ मल (चीन)

यो मलमा विभिन्न ब्रान्डका १ हजारभन्दा बढी रिटेल स्टोर छन् । साथै अपार्टमेन्ट, विभिन्न कार्यालय, सिनेमा, रेस्टुराँ र किड जोनजस्ता सुविधा पनि यहाँ छन् । यो मल ६० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जुन सन् २००४ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । 

 

३. एसएम मल अफ एसिया (फिलिपिन्स)

यो मल सन् २००६ बाट किनमेलका लागि खुला गरिएको हो, जसको क्षेत्रफल ४२ लाख वर्गफिट छ । चारवटा भवनमा विभाजित यो मल फिलिपिन्सको सबैभन्दा ठूलो र विश्वको तेस्रो ठूलो हो । मलभित्र ओलम्पिक आकारको एउटा स्विमिङ पुल छ । त्यसका साथै एउटा आइम्याक्स नाटकघर, सयौं पसल, विभिन्न विशेषताका पार्कलगायत अन्य थुपै्र सुविधा उपलब्ध छन् । 

 

४. सेभाहिर इस्टनबुल (टर्की)

यो मल सन् २००५ मा सर्वसाधारणका लागि खुला गरिएयता टर्की तथा पूरा युरोपमै सबैभन्दा ठूलो सपिङ सेन्टरका रूपमा चिनिँदै आएको छ । यसमा एउटा रोलर कोस्टर, एउटा इन्डोर वाटर वेभपुल र दुईवटा आइम्याक्स नाटकगृह छन् । यसको कुल क्षेत्रफल ३८ लाख वर्गफिट छ । 

 

५. वेस्ट एडमन्टन मल (क्यानडा)

यो सपिङ मललाई उत्तरी अमेरिकाको सबैभन्दा ठूलो सुपरमार्केटका रूपमा चिनिन्छ, जसमा ८ सयभन्दा बढी रिटेल स्टोर, एउटा इन्डोर वाटर पार्क, स्केटिङ क्षेत्र, क्यासिनो र अन्य थुप्रै आकर्षक सुविधा छन् । यो मल सन् १९८१ मा खुला गरिएको थियो, जसको क्षेत्रफल ३८ लाख वर्गफिट छ । 

 

६. एसएम मेगामल (फिलिपिन्स)

फिलिपिन्सको दोस्रो र विश्वको छैटौं ठूलो यो मल सन् १९९१ मा सर्वसाधारणका लागि खुला गरिएको हो । यसको कुल क्षेत्रफल ३६ लाख वर्गफिट छ । यसको स्वरूप ‘बलिङ एले’ आकारको छ भने १२ वटा सिनेमा र अन्य विभिन्न आधुनिक सुविधा छन् । पैसा हुनेले यो मलबाट आफूले चाहेका जुनसुकै वस्तु खरिद गर्न सक्छन् ।

 

७. बर्जया टाइम्स स्क्वायर (मलेसिया)

३४ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको मलेसियाको बर्जया टाइम्स स्क्वायर सन् २००५ देखि सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा १ हजार पसल, स्विमिङ पुल, आइस–स्केटिङ, किडजोनलगायतका सुविधा उपलब्ध छन् ।

 

८. बेइजिङ मल अफ चाइना (चीन)

यो मल सन् २००५ मा उद्घाटन गरिएको थियो । स्थापनाकालदेखि नै यो बेइजिङ सहरमा अत्याधुनिक र प्रसिद्ध सपिङ सेन्टरका रूपमा चिनिँदै आएको छ । चार तले यो मलको क्षेत्रफल ३४ लाख वर्गफिट छ । यसको ८ हजार गाडी पार्क गर्नसक्ने क्षमता छ । त्यसका साथै एउटा ‘इन्डोर बिच’ र सिनेमा हलको सुविधा पनि छ ।

 

९. एसएम सिटी नर्थ इड्सा (फिलिपिन्स)

फिलिपिन्सको क्विजोन सहरमा अवस्थित यो सपिङ मल ३० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यो मल सन् १९८५ बाट सुरु भएको हो । स्थापनाकालदेखि नै मल विस्तारले निरन्तरता पाउँदै आएको छ । हाल यो मलमा पाँचवटा सपिङ सेन्टर, सय वटा पसल, रेस्टुराँ, १२ वटा सिनेमा हल, एउटा आईएमएएक्स, किडजोन, बलिङ, एले र स्केटिङ जोनलगायतका सुविधा उपलब्ध छन् ।

 

१०. जेन्झिया प्लाजा (चीन)

२० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको यो सपिङ मलमा विभिन्न कार्यालय, टावर, रिटेल स्टोर, चलचित्र, किडजोन तथा रेस्टुुराँको सुविधा छ । चाडपर्व तथा बिदाका दिन यस मलमा ५ लाख मानिससम्मले किनमेल गर्ने गरेका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनाको संघर्षपूर्ण जित

  • 26 minutes ago
बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

न्युक्यासलको सजह जित

  • 33 minutes ago
न्युक्यासलको सजह जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले फुलहमलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 41 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।