चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

Global IME
Norvic Hospital

एजेन्सी । चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गरेका छन् । 

 

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगढा बनाउन र नयाँ युगमा प्रवेश गर्नका लागि भ्रमणको निरन्तरता र सम्बन्ध विस्तारमा जोड दिइएको दुबै देशका अधिकारीहरुले बताएका छन् । 

 

उपराष्ट्रपति वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतको रुपमा जापानी सम्राट नारूहितोको राजगद्दी आरोहण  समारोहमा सहभागी हुन जापान गएका थिए ।

 

भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटमा उपराष्ट्रपति वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङको तर्फबाट हार्दिक अभिवादन प्रकट गरेका थिए ।

 

सो भेटवार्ताको क्रममा हालै जापानमा आएको भयावह विनाशकारी आँधी ‘हगीबिस’ बाट ज्यान गुमाएका र   घाइतेप्रति चिनियाँ सरकार र चिनियाँ नागरिकको तर्फबाट सहानुभूति प्रकट गरेका थिए । 

 

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै वर्ष मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।