चीनसँग त्रसित छन् यी देशहरु

Norvic Hospital

एजेन्सी– भारतसँग जमिन तथा समुन्द्री, जापान, भियतनाम फिलिपिन्ससँग समुन्द्री सीमालाई लिएर चीनको गहिरो विवाद रहेको छ । छिमेकी देशहरुसँग सिमा विवाद उस्तै रहेको छ । सबै गरेर चीनको २३ वटा देशसँग विवाद रहेको छ । 

 

इण्डोनेशियाः दक्षिण चीन सागरको केही इलाकामा इण्डोनेसियाको अधिकार रहेको बताइन्छ, तर चीनका अनुसार यो सबै भाग चिनियाँ पक्षकै हो । 

 

सिंगापुरः चीन र सिंगापुरको विवाद पनि दक्षिण चीन सागरलाई नै लिएर हो । पाकिस्तानलाई असल छिमेकी मानेता पनि सिमाका कारण चीन र पाकिस्तानको विवाद रहेको छ । तर चीन पाकिस्तान विवाद भने त्यति ठुलो नभएको विज्ञहरु बताउँछन् । 

 

मलेशियाः दक्षिण चीन सागरमा जुन तटिय द्धिपमा मलेशियाको अधिकार हुनुपर्छ त्यसमा पनि चीनको दबदबा रहेकोछ  ।

 

कजाकिस्तानः चीनको सीमावर्ती क्षेत्रलाई लिएर कजाकिस्तानसँग पनि विवाद रहेको छ । हालै दुवै देशबीच सम्झौता भएको छ । यो सम्झौतासँगै चीनले कजाकिस्तानलाई आफ्नो पक्षमा पारेको विज्ञहरु बताउँछन् । 

 

किर्गिस्तान र ताजिकिस्तानको केही भागमा चीनले आफ्नो दाबी गर्दै आइरहेको थियो । १९ औ शताब्दीमा भएको युद्धमा चीनले यी देशहरुको केही भुभाग जितेको थियो् । 

 

अफगानिस्तानः चीन र अफगानिस्तानबीच ९२.४५ किलोमिटर लामो बोर्डर रहेको छ । यो बोर्डर क्षेत्रमा पर्ने बदखशां प्रान्तको बखन क्षेत्रमा अफगानिस्तानको राज रहेको छ । यस क्षेत्रलाई लिएर दुई देशवीच विवाद रहेको छ । 

 

सन् १९६३ को सम्झौता पश्चात चीन अफगानिस्तानको ठुलो भुभागमा आफ्नो आधिपत्य जमाउने गर्छ । 

 

रुसः चीन रुसलाई आफ्नो महत्वपुर्ण सामरिक सहयोगी मान्छ । तर, यिनीहरुको सम्बन्ध पनि शान्तिपुर्ण रहेको छैन । रुससँग पनि धेरै वर्ग किलोमिटर सीमामा चीन आफ्नो दाबी गर्दै आइरहेको छ । दुबै देशबीच सम्झौता पनि भइसकेको छ । तर विवादलाई लिएर हालसम्म कुनै निष्कर्ष भने निकाल्न सकेका छैनन् । सन् १९६९ मा सीमालाई लिएर यी दुई देशबीच युद्ध पनि भइसकेको छ । तर, पछिल्ला दिनहरुमा यी देशहरुबीच युद्धको सम्भावना हुने कुनै पनि घटनाहरु भएका छैनन् । सन् १९६९ मा भएको सम्झौता पश्चात सोवियत सीमारक्षक उसुरी नदी तटमा रहने र कुनै पक्षले पनि दमानस्की द्वीपमा प्रवेश गर्नेछैनन् । 

 

जापानः पुर्वी चीन सागरस्थित सेनकाकु द्वीपमा जापानको आधिपत्य रहेको छ । चीनका अनुसार उक्त द्वीपमा उसको ऐतिहासिक अधिकार रहेको छ । सन् १८७४ मा उक्त द्विप चीनको बन्दरगाह शहर रहेको थियो । सन् १९०० मा साइनो–जापान युद्ध १ पनि भइसकेको छ । दोस्रो विश्वयुद्ध ताका यो द्वीप अमेरिकाको हिस्सा बनेको थियो । दोस्रो विश्वयुद्ध दौरान जापानले अमेरिकालाई सुपुर्द गरेको थियो । पछि अमेरिकाले सन् १९७२ मा जापानलाई सुम्पिएको थियो । 

 

मंगोलियाः चीनका अनुसार युआन राजवंशको शासन कालमा मंगोलिया उसको भाग रहेको थियो । तर, मंगोलियाका चंगेज खानले चीनमा आधिपत्य जमाएको इतिहास पनि रहेको छ । 

 

दक्षिण कोरियाः दक्षिण कोरियाले पुर्वी चीन सागरमा धेरै वर्षदेखि आफ्नो आधिपत्य जमाएको छ । तर, केही विज्ञहरुका अनुसार पुरै दक्षिण कोरिया चीनको हो । ऐतिहासिक तथ्यहरु दिदै चीनले भनेको छ दक्षिण कोरियामा चीनका युआन राजवंशको शासन रहेको थियो । 

 

फिलिपिन्स, कम्बोडियाः चीन फिलिपिन्स, कम्बोडियाको जमिनमा पनि आफ्नो ध्वास जमाउँदै आइरहेको केही विज्ञहरु बताउँछन् । 

 

भारतः भारतसँग चीनको विवाद सन् १९५० देखिभन्दा पहिलाबाट नै सुरु भएको मानिन्छ । चीनको ठुलो प्रोजेक्ट ‘वन वेल्ट वन रोड’ मा उ भारतलाई पनि जोड्न चाहन्छ । यसमा भारतले विरोध जनाउँदै आइरहेको छ । सन् १९६२ मा भारत र चीनको सीमा विवादका कारण युद्ध पनि भइसकेको छ । पछिल्लो पटक डोकलामलाई लिएर भारत चीन सम्बन्ध नराम्रोसँग बिग्रिएको विज्ञहरुको दाबी छ । 

 

सिक्किमः चीन सिक्किम सेक्टरको डोकलम इलाकामा सडक बनाउन चाहन्छ । यो क्षेत्र भुटानको भएको विज्ञहरुको भनाइ छ । तर, यसमा भारत र चीनको रुची अध्याधिक रहेका कारण पनि भारत र चीनको विवाद उत्कर्षमा रहेकोछ  ।

 

उत्तर कोरियाः कोरिया र अमेरिकाबीच सुमुधुर सम्बन्ध रहेको थियो । सन् १८८२ सम्म दुवै देशबीच ठुलो व्यापार सम्बन्ध पनि रहेको थियो । सन् १९०५ सम्म यो सम्बन्ध रह्ृयो । कोरियाको विभाजन पश्चात चीन र उत्तर कोरियाको सम्बन्ध राम्रो रह्यो भने अमेरिका र दक्षिण कोरियाको सम्बन्ध राम्रो रह्यो । उत्तर कोरियाले पछिल्लो समय गरिरहेको आणविक हतियार परिक्षण चीनको आडमा रहेको समेत बताइन्छ । तर, यति हुदाँ पनि उत्तर कोरियाको केही इलाकाको दाबी चीनले गर्दै आइरहेकोछ  । 

 

तिब्बतः तिब्बतको केही भागमा भुटान र चीनको तानातानको विषय बन्ने गरेको छ । यसमा १० भन्दा धेरै क्षेत्र रहेका छन् । 

 

भुटानः भुटानको डोकलाम क्षेत्रलाई चीनले आफ्नो भएको दाबी गर्दै आइरहेको छ । दुई देशसँग यसबारे सहमति भएपनि विवाद भने यथावत रहेकोछ  । 

 

म्यानमारः पछिल्लो पाँच वर्षदेखि चीनले ३५ देशलाई हतियार बेच्दै आइरहेको छ । यो सुचीमा कम आय भएका देशहरु पनि रहेका छन् । चीनको हतियार निर्यातको करिब तीन चौथाइ हिस्सा केबल पाकिस्तान र म्यानमारलाई जान्छ । युआन शासन म्यानमारमा समेत रहेको र यसै आधारमा चीन म्यानमार पनि आफ्नै भएको मान्छ । 

 

ब्रुनेइः दक्षिण चीन सागरमा केही तटिय द्धिपमा ब्रुनेइको कब्जा रहेको छ । चीनलाई लाग्छ यो उसको इलाका हो । 

 

भियतनामः चीनका अनुसरा भियतनाममा पनि उसको अधिकार रहेको छ । सन् १३६८ देखि १६४४ सम्म यहाँ मिंग राजवंशको राज रहेको थियो । भनिन्छ केही समय अमेरिका र भियतनामको राम्रो सम्बन्ध रहेको थियो । पछि भियतनाम चीनको पक्षमा लागेको बताइन्छ । 

 

लाओसः चीनका अनुसार लाओसमा युआन राजवंशको शासनकाल रहेको थियो । यसकारण चीन लाओस आफ्नो भुभाग भएको मान्छ । चीनले खुल्ला रुपमा भन्दै आइरहेको छ कि ताइवान चीनको गणराज्य हो । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 21 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 30 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 47 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।