चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार
- मंगलबार, १ पुष, २०७६
- 2 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन्।
सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– चीनमा मानवअधिकारको अवस्थामा व्यापक सुधार भएको छ, यो ऐतिहासिक रुपमा सुधार हो ।
युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले मानवअधिकारको अवस्थामा गुणात्मक रुपमा नै सुधार आएको धारणा राखेका हुन् ।
आधुनिक चीनको स्थापनाको भएपछिको इतिहासलाई नै हेर्दा हाल आएर यहाँको मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार आएको धारणा उनले राखेका थिए।
उनले भनेका थिए– हामीले करिब ८५ करोड नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकालेका छौँ र मलाई लाग्छ यो गरिबी निवारणको विश्वकै तथ्याङ्कमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो ।
उहाँले चीनले आफ्ना करिब ७७ करोड नागरिकलाई रोजगारी दएको तथा २५ करोड ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको तथा अरु पनि सबै नागरिकलाई उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति गरेको जानकारी पनि सो कार्यक्रममा दिए ।
उनले चीनमा अहिले करिब ८५ करोड नागरिक इन्टरनेटका प्रयोगकर्ता रहेको जानकारी दिए । त्यसैगरी करिब एक अर्ब चिनियाँ नागरिकले नयाँ मिडियाको प्रयोग गरिरहेको जानकारी दिए ।
उनले चीनको संविधानले प्रत्याभूत गरेको नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेको धारणा पनि सो अवसरमा राखे ।
पिउ रिसर्च सेन्टरले हालैमात्र गरेको एक सर्वेक्षणमा चिनियाँ नागरिक सरकारका कामकारबाहीप्रति अधिकांश सन्तुष्ट रहेको बताएका जानकारी गराए ।
पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार करिब ८६ प्रतिशत चिनियाँ नागरिक सरकारका काम कारबाहीहरुप्रति सन्तुष्ट रहेको बताएका थिए ।
विश्वव्यापी रुपमा गरिने यस खालको मापनमा विश्वका बढीमा ४७ प्रतिशत मात्र नागरिक आफ्ना सरकारका काम कारबाहीप्रति सन्तुष्ट हुने गरेकोमा चिनियाँ नागरिकको यो सन्तुष्टिको तह भने धेरै माथि हो ।
स्थायित्वका लागि आग्रह
यसैगरी प्राप्त अर्को एक समाचारअनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले विश्वमा स्थायित्वका लागि युरोपेली युनियन र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– खुल्ला विश्वमा स्थायित्वका लागि संयुक्त प्रयास गर्नु जरुरी छ ।
आर्थिक तथा अन्य क्षेत्रहरुमा पनि विश्वमा कैयौँ अस्थिरताहरु देखिएकोले खुला विश्वको स्थायित्वका लागि संयुक्त प्रयास जरुरी छ ।
आगामी दिनमा विश्वमा आर्थिक एवम् अन्य स्थायित्वका लागि रणनीतिक रुपमा चीन र युरोपेली युनियनले संयुक्त रुपमा प्रयास गर्नुपर्दछ उनले भनेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 4 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 6 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।