चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने
- शनिबार, १५ चैत, २०७६
- 2 years ago
- नेपाल

काठमाडौँ । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो ।
भोटेकोशीमा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ । जनप्रतिनिधिको आज बसेको बैठकले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुरुप स्वास्थ्य कक्ष स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ ।
गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने पालिकाले निर्णय गरेको छ ।
‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उहाँले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।