‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
- आइतबार, १४ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

बेइजिङ, चीन । अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ ।
युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बंैक अफ चाइनाले बताएको छ । केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।
चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो ।
चीनले अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ । चीनले यसै हप्ताको शुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको दुई खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौति दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ ।
चीनका प्रधानमन्त्री ली खछ्याङले गत हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गर्नुभएको थियो । तर उहाँले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको बताउँनुभएको थियो ।
विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन् ।
तर चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन् ।
अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिनुभएको छ । यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दावी छ ।
चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गत बर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो । चीनले अहिलेसम्म अमेरिकी एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 6 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 17 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 42 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।