व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का
- मंगलबार, १६ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मन्ट्रियल । वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा महाशक्ति” बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।
क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताए । “अहिले राखिएका वातावरणीय प्रावधानहरु विगतका भन्दा बलिया छन् ।”
तर, आलोचकहरुले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रुपमा समेट्न बताएका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषदले सम्झौतामा “जलवायू परिवर्तन” लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।
नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ, ग्रीनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताए ।
नयाँ सम्झौतामा जलवायू परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायू सङ्कटमा समूहले गरेका कार्यहरुमा पनि प्रश्न उठाइएको छ, सिएरा क्लबले भनेको छ ।
ट्रम्पको नेतृत्वमा रहेको संयुक्तराज्य अमेरिका यसअघि नै पेरिस जलवायू सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ ।
आलोचकहरुले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ ।
पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रुपमा महत्व दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।