चर्चामा चीनको चमत्कार !

काठमाडौं । चीनमा आश्चर्यजनक घटनाहरु घट्नु कुनै नौलो कुरा होइन । विश्वमा अद्भुत प्रविधिदेखि लिएर अनौठा घटनाहरुले चकित पार्दै आएको चीनमा फेरि एक अनौठो घटना घटेको छ ।  चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सारेका छन् ।

 

इन्जिनियरहरुले सन् १९३५ मा बनेको शङ्घाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवनलाई प्रविधिको प्रयोग गरेर अन्यत्रै सारेका हुन् । 

 

स्थानीय प्रशासनका अनुसार यो भवन रहेको नजिकै एक नयाँ विषयमा काम सुरु गर्नुपर्ने भएकोले विद्यालयको भवन अन्यत्रै सारिएको हो ।

चीनका इन्जिनियरहरुसँग यो भवन ढाल्ने विकल्प पनि थियो तर उनीहरुले यस ऐतिहासिक भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सार्ने निर्णय लिन पुगे । 

 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिक सहयोगबाट भवनलाई उठाएको र एक सय ९८ खुट्टे रोबोटको सहयोगमा केही पर सारेका हुन् । 

 

स्थानीय मिडियाका अनुसार कङ्क्रिटबाट बनेको हजारौँ टनको यो भवनलाई यसको मूल ठाउँबाट झण्डै ६२ मिटर पर सारिएको हो । 

 

चिनियाँ मिडिया सीसीटीभी न्युज नेटवर्कका अनुसार यस भवनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि १८ दिन लाग्यो । गएको अक्टोबर १५ मा यस भवन सार्ने काम सकिएको बताइएको छ ।  

 

न्युज एजेन्सीका अनुसार स्थानीय प्रशासनले अब यस ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय लिएको छ र मर्मत सम्भार पनि गर्ने बताएको छ । 

 

भवनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने धेरै प्रविधि छन् तर सामान्यतया इन्जिनियरहरु यस्तो भवनलाई ठूलो प्लेटफर्म (मञ्च) को सहयोगमा निकै क्षमता भएको रेल वा क्रेनबाट खिच्ने गरिन्छ । 

 

तर यस पटक चिनियाँ इन्जिरिनयरहरुले रोबोटिक लेग्सको प्रयोग गरे । चिनियाँ इन्जिरियरहरुले पहिलो पटक यस तरिका अपनाएका हुन् ।  

 

यसभन्दा पहिले पनि सन् २०१७ मा एक सय ३५ वर्षअघि बनेको र झण्डै दुई हजार टन तौल भएको एक ऐतिहासिक बौद्ध मन्दिरलाई त्यसको मूल ठाउँबाट झण्डै ३० मिटर पर सारेका थिए, जसका लागि १५ दिन लागेको थियो । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

  • 3 minutes ago
कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 7 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।

युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

  • 15 minutes ago
युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ४१४ जनाभन्दा बढीको मृत्यु भएको छ । साथै पछिल्लो एकदिनमा झण्डै पन्ध्र हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।