कराँचीस्थित चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुई जनाको मृत्यु
- शुक्रबार, ७ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

कराँची, पाकिस्तान । पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ ।
पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ ।
चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए ।
त्यस क्रममा ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । कराँचीका एकजना स्थानीय प्रहरी अधिकारी जाभेद अलाम ओधोले एएफपी समाचार समितिलाई सो जानकारी दिएका समाचारमा जनाइएको छ ।
सुरक्षा अधिकारीले रोक लगाएपछि बन्दुकधारीले प्रहार गरेको गोलीबाट दुई प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य गम्भीर घाइते भएका जाभेदले बताउनु भएको छ । आक्रमणपछि ती बन्दुकधारीहरु भागेका र हाल सुरक्षा अधिकारीहरुले सो इलाकालाई घेरा हालेर खोजी गरिरहेको बताइएको छ ।
पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा बढी प्रभाव रहेको भनिएका पृथकतावादी आतङ्ककारी समूहले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । कराँची चिनियाँ लगानी परियोजनाको प्रमुख केन्द्रको रुपमा रहेको छ ।
बलुचिस्तान लिबेरेसन आर्मि ९बीएलए० का प्रवक्ताले एएफपीलाई अज्ञात स्थलबाट जानकारी दिएका छन् । उनले भनेका छन्– कराँचीको हमला हामीले नै गराएका हौँ अगामी दिनमा पनि यस प्रकारको आक्रमण जारी नै राख्ने छौँ ।
पाकिस्तानको ठूलो तर निम्न आय भएका नागरिकको बाहुल्यता रहेको बलुचिस्तानमा बीएलएले विगतका दिनदेखि आतङ्क मच्चाउँदै आएको छ ।
यस दूतावासमा २१ जना चिनियाँ कर्मचारी कार्यरत रहेका छन् । अरु सबै भने सुरक्षित रहेका बताइएको छ । चिनियाँ लगानी शुरु भएयता नै चिनियाँ कामदार निमार्णाधीन इलाकामा आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएका छन् ।
चीनको निन्दा
यसैबीच प्राप्त अर्को एक समाचारमा जनाइएअनुसार उक्त आक्रमणको चीनले निन्दा गरेको छ । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमला र चिनियाँ नागरिकको हत्याको चीन सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
चीन सरकारले उक्त हत्याकाण्डको निन्दा गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 12 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 25 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 45 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।