चितवनमा उपनिर्वाचनको तयारी पूरा

Global IME
Norvic Hospital

चितवन । जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । 

 

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत आज निर्वाचन केन्द्रमा खटिएका छन् । कूल ७५ जना कर्मचारी छनोट भई केन्द्रमा खटिँदै छन् । ती सबैले प्रशिक्षण लिइसकेका छन् । मतदान अधिकृतले निर्वाचन केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गर्ने छन् । 

 

मतदान केन्द्रमा आज निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिने छ । ढकालले बिहीबार र शुक्रबार केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने छ भने सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गरिने जानकारी दिए । 

 

जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त हुनुभएको छ । उनले भरतपुर महानगरपालिका–१६ को निर्वाचनसमेत हेर्नेछन् । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेल नियुक्त भएका छन् । 

 

निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

 

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा ८ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं– ५ मा दुई हजार १११ मतदाता रहेका छन् । 

 

तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 16 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 19 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 36 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।