अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवारः ऊर्जामन्त्री
- सोमबार, २३ जेष्ठ, २०७९
- 7 months ago
- अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दावी यहाँका ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गरेका छन् ।
अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताए ।
हिउँदको बढ्दो माग, ग्यासको अभाव र कोइलाबाट निकालिएका विद्युत् केन्द्रहरूले अघोषितरूपमा आपूर्तिलाई अवरूद्ध पार्ने गरेकाले अस्ट्रेलियालीहरूले ग्यास र बिजुलीको बढ्दो मूल्यको सामना गरिरहेका उनले बताए ।
सन् २०१७ मा बनेको तत्कालिन गठबन्धन सरकारले ‘ग्यास सङ्कट’ निम्त्याउने गरी कानुन बनाई घरेलु प्रयोजनका लागि तोकिएको प्राकृतिक ग्यास (एलएनजी)लाई अन्य बजारका लागि अनुमति दिँदा विद्यमान् सङ्कट देखा परेको उनको भनाई थियो ।
बोवेन भने, “यो प्रणाली राम्रोसँग डिजाइन गरिएको छैन र यसलाई सम्बोधन गर्ने काम तुरुन्तै सुरु भए तापनि यसको असर जनवरी १ पहिले आउन कठिन हुनेछ ।”
अस्टेलियाका उर्जामन्त्री बोवेनले संकट समाधान गर्न राज्य र इलाकाका राजनीतिक तथा सरकारी नेतृत्वसँग छलफल चलिरहेको र यसको समाधानको प्रयास गरिरहेको बताए ।
संसाधन मन्त्री माडेलिन किङले आपूर्ति बढाउन ग्यास उद्योगहरूसँग पनि छलफल भइरहेको बताए ।
यसैबीच विपक्षी दलका नयाँ नेता पिटर डटनले यस संकटप्रतिको बोवेनको प्रतिक्रियाले सरकारमा लेबर पार्टीको अनुभवहीनता प्रदर्शन भइरहेको दावी गरेका छन् ।
“अहिले कुन बाटो जाने हो, तिनीहरूलाई थाह छैन । उनीहरूले समस्या थाहा पाउन पाउन धेरै समय लाग्नेछ र यसका कारण अष्ट्रेलियालीले उर्जा सङ्कटको समस्याबाट पिडित हुनुपर्नेछ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 17 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 25 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 28 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।