चुनाव अगाडिको राजनीतिः काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या
- शनिबार, २ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

मध्यप्रदेश । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् ।
बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते हुनु भएको हो ।
मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन् ।
घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 7 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु
- 13 minutes ago

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
इजरायलको रोजगारी पुन: खुल्यो
- 39 minutes ago

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।