दोहोरो नागरिकताधारीलाई संकट

Global IME
Norvic Hospital

काठमाडौं । सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनु पर्ने भन्दै दायर भएको रिट खारेज गरेको छ । 

 

सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो । सर्बोच्चको यो आदेशसंगै दोहोरो नागरिकताधारी संकटमा पर्नै भएका छन्।

 

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले निवेदकको माग दाबी अनुसार आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिईन् ।

 

बेलायतमा बसोबास गरेका गोविन्द वेल्वासे र सुरेन्द्रबहादुर श्रेष्ठले नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने नागरिकता ऐन २०६३ को दफा १० लाई खारेज गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए ।

 

रिटमा भनिएको छ– ‘नागरिकता ऐन २०६३ को दफा १० ले धारा १० बाट प्राप्त नागरिकताबाट वञ्चित नगरिने हक एवम् धारा ४५ अनुसार प्रदत्त मेरो देश निकालाविरुद्धको मौलिक हकसमेतको हनन गरिरहेको र संविधानको प्रस्तावनाको पहिलो वाक्यांशलगायत भाग ३ बाट प्रदत्त मौलिक हकहरुसँग बाँझिएको हुँदा धारा १ बमोजिम धारा ९१० १३३ अनुसार बदर गराई माग्न यो निवेदन लिएको छु ।’

 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद् सचिवालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

 

रिट खारेज भएसँगै वैधानिक रुपमा दुईवटा देशको नागरिकता भए सो कार्यान्वयन नहुने देखिएको छ । आजको नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 17 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 53 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।