अबको १० वर्षपछि विश्वभर हुनेछ यी सात शहरहरुको चर्चा

Norvic Hospital

यी सात शहरहरु जुन १० वर्षमा विश्वकै धनी सहरहरु बन्दैछन् ।

 

अब न्युर्योक, लण्डन, हङकङलाई विर्सिनुहोस् । यहाँ केही यस्ता सात सहरहरुको  सुची रहेको छ जुन निकट भविष्यमै विश्वकै सबैभन्दा धनी सहरहरु हुने अध्ययनकर्ता बताउँछन् । 

 

१. दोहा, कत्तार

अनुसन्धानकर्ता म्याककिनसेले भनेका छन्,‘सन् २०२५ सम्ममा यी सहरहरुले ठुलो फट्को मार्नेछ । यिनीहरुबिच भएको हालको प्रतिस्पर्धाले पनि यी सहरहरु विश्वबै धनी सहरहरु बन्न अब धेरै समय लाग्ने छैन ।’

 

कतारको दोहा सहर, म्याककिन्सेको अनुमान मान्ने हो भने यो कतार धनी राष्ट्रको सुचीमा परिसकेको छ । यहाँ प्रतिव्यक्ति आय पनि उच्च रहेको छ । सन् २०२२ मा विश्वकप खेलाउने तयारीमा रहेको र यसले पनि देश विकसमा ठुलो प्लसपोइन्ट हुने बताइएको छ । 

 

२. बर्जेन, नर्वे

नर्वेको दोस्रो चर्चीत सहर हो बर्जेन । 

आर्थिक हिसाबले हेर्ने हो भने यो सहर अन्य सहरभन्दा अगाडि नै रहेको छ । तर म्याककिन्सेको अनुमानमा यो सहर विश्वकै धनी सहरमा विकसित हुदैछ । नर्वेको उद्योग, पानी जाहाज, तथा मरिन अनुसन्धानका लागि यो सहर केन्द्र रहेको छ । 

 

३. ट्रोनडेएम, नर्वे

नर्वे सहर ट्रोनडेएम पनि विश्वलाई चुनौती दिदै द्रुतगतिमा विकास भइरहेको छ । मोबाइल टेकको लागि ट्रोनडेएमलाई मुख्य केन्द्रको रुपमा लिइन्छ । यो सहरमा सन् १९८० मा जिएसएम स्टाण्टर्ड इन्भेन्ट गरिएको थियो । 

त्यहाँ रहेका अधिकारीहरुले दिएको जानकारी अनुसार १० हजार कामदारहरु टेक्नोमा काम गरिरहेका छन् । स्थानिय टेकले विश्वभर चर्चा पाइरहेको छ । 

 

४. ह्वासियोङ, दक्षिण कोरिया

दक्षिण कोरियाको यो सहर खासै चर्चामा रहेको छैन । ग्लोबल रिसर्च सुविधाका लागि हुन्डाइ, सामसुङको लागि यो सहर केन्द्र रहेको छ । किया तथा एलजी इलोक्ट्रोनिक्स प्लान्टहरु यहाँ स्थापना भएका छन् । 

 

५. असान, कोरिया

छिमेकी सहर ह्वासियोङ, असानमा पनि ठुलो उद्योगहरु रहेका छन् । ग्लोबल सिपिङका लागि यो सहर पनि केन्द्र रहेको छ । यो पुर्व चीनदेखि नजिक रहेको छ । 

 

६. राइनेरुहर, जर्मनी

राइनेरुहर जर्मनीको धनी सहरमध्येको एक सहर हो । युरोपभरिमै पेरिस र लण्डन पछि यो तेस्रो ठुलो सहर रहेको छ । 

जर्मनीका धेरै पावरहाउसहरु तथा फाइनान्सहरु यहाँ रहेका छन् । यहाँ ५०० वटा कम्पनीहरु रहेका छन् । 

 

७. मकाउ, चीन 

मकाउ एक उदाहरणिय सहरको रुपमा लिइन्छ । सन् २०२५ सम्ममा यो सहर धनी सहरहरु मध्येमा एक सहर हुनेछ । गएको वर्ष ठुलो आर्थिक संकट परे पनि, सम्हालिने प्रक्रियामा रहेको छ । घाटा परिपुर्ति गर्न यो सहर सक्षम रहेको र अर्को वर्षदेखि सुधारका लक्षणहर देखिने म्याककिन्सेले बताएका छन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 3 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 12 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 15 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।